रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु
मङ्गलबार, २० मङ्सिर २०७९, ११ : ००
रौतहटको गुजरा नगरपालिकामा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ। विद्युत मोटरबाट आफ्नै खेतमा पानी लगाउने क्रममा गुजरा-४‌‌‌ का २५ वर्षीय मेघनाथ चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार मदिरा सेवन गरी मोटरबाट पानी पटाउने क्रममा मंगलबार साँझ करेन्ट लागेर अचेत भएका चौधरिलाई उपचारका लागि कनकपुर अस्पतालमा लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए ।
लगत्तै उनका आफन्तहरूले चौधरीको अन्त्येष्टि गर्न खोज्दा प्रहरी चौकी हरिनगर पोखरभिडाको टोलीले शवलाई पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण