कविता : उहाँले फेरि चुनाव जित्नुभयो
शनिबार, २४ मङ्सिर २०७९, ०६ : ४८
थाहा भएन देशको लागि
के के कसो कसो गर्नु भयो
पटक पटक मन्त्री भएर
कसको मुहार फेर्नु भयो
अब होला, तब होला भन्दा भन्दै
बुढापाका कति बित्नु भयो
कमजोरी भयो, अब त गर्छु भन्दै
उहाँले फेरि चुनाव जित्नु भयो ।
भोट माग्न त यहाँ र उहाँ
हेलिकोप्टरबाटै पाउ कष्ट गर्नु भयो
दुःख आँसु, गरिबी र बेरोजगारीलाई
हजारौँ मीठा सपना छर्नु भयो
उता बेजोड तातो, चिसोले खाडीमा
कति कति युवा युवती बित्नु भयो
यता उद्योगधन्दा खोल्छु भन्दै
उहाँले फेरि चुनाव जित्नु भयो ।
युवायुवतीका एजेन्डा चम्केपछि
गठबन्धनको सहारा लिनु भयो
स्वार्थ र व्यक्तिगत फाइदाको लागि
जो सुकैलाई पार्टी चिन्ह दिनु भयो
यही देश हो, जहाँ कति नेता कार्यकर्ता
जनताको हित गर्दा गर्दै बित्नु भयो
सत्ता शक्ति र पैसाको भरमा भए पनि
उहाँले फेरि चुनाव जित्नु भयो ।
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारलाई सोनम वाङचुकको पत्र : आश्वासन पाए अनशन तोड्ने, नभए अनिश्चितकालीन आन्दोलन
-
निर्माणाधीन जलविद्युत् आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ्यो
-
स्वास्थ्यसम्बन्धी तीन वटा ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन आग्रह
-
संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाले लिए शपथ
-
'बीपीले राष्ट्रपति बन्न अस्वीकार गरेका थिए'
-
धनुषा प्रहरीद्वारा फरार ४४ प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण