बुधबार, ०५ असार २०८१
ताजा लोकप्रिय

निरन्तर बढ्दै सुनको मूल्य, एक महिनामै २५ सय बढ्यो

आइतबार, २५ मङ्सिर २०७९, ११ : १०
आइतबार, २५ मङ्सिर २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार पनि सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्य निर्धारण गर्दै तोलामा २०० रुपैयाँले सुनको भाउ बढेको जानकारी दिएको हो ।

यससँगै, छापावाल सुनको मूल्य १ हजार ५०० रूपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख रूपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० र तेजाबी सुनको मूल्य ९९ हजार ८०० रूपैयाँ थियो ।
गत साताको बिहीबारदेखि बढ्न थालेको सुनको मूल्य आज लगातार तेस्रो दिन बढेको छ । बिहीबार तोलामा ४०० र शुक्रबार ६०० रूपैयाँले बढेको थियो । यस्तै, आज तोलामा २०० रूपैयाँले बढेको छ । यस्तै, मंसिर पहिलो साताको तुलनामा २५ सय रूपैयाँले मूल्य उकालो लागेको छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रूपैयाँले बढेको छ । गत साताको शुक्रबार तोलामा १३ सय ९० रूपैयाँ रहेको चाँदीको भाउ आज १४ सय रूपैयाँ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप