सर्वोच्च पुग्यो चोलेन्द्र प्रकरणमा संघीय संसद सचिवालयले लेखेको जवाफी पत्र

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतले पठाएको पत्रको जवाफ दिएका छन् । गत बुधबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिँदै राणालाई कामकाज गर्न दिन सर्वोच्चलाई पत्र लेखेको थिए ।
गौतमको सो पत्रमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतका सहरजिस्ट्रार नारायणप्रसाद रेग्मीले कुन संविधान र कानुनको आधारमा महाभियोग निष्प्रभावी भएको हो भन्दै उनीसँग जवाफ मागेका थिए । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले सचिवालयबाट आएको पत्र दर्ता गरेर मुख्य रजिष्टारकोमा पठाइएको रातोपाटीलाई जानकारी दिए । बन्द चिठी भएकोले सचिवालयले सर्वोच्चलाई जवाफमा के लेखेको छ भन्ने कुरा प्रष्ट नभएको र पत्र मुख्य रजिष्टारको टेबलमा पुगेको उनले बताए ।
संघीय संसदका महासचिवले लेखेको सो पत्र कार्यान्वयन नगर्नु नगराउनु भन्दै यसअघि नै सर्वोच्चको संवैधानिक इजलासले फैसला गरिसकेको छ । संवैधानिक इजलासले संसद सचिवालयका महासचिव गौतमलाई पत्र लेख्ने अधिकार नभएको उल्लेख गर्दै उनीद्वारा जारी पत्र तत्काल कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेश दिएको थियो । महासचिवले लेखेको महाभियोग निष्क्रिय भएको पत्र कार्यान्वयन नगराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडामा ‘प्रदेश स्पोर्टस अवार्ड’ : ८ विधाका १२ जना पुरस्कृत हुने
-
नेपालका पूर्वी र मध्य क्षेत्रमा एकैपटक गयो बिजुली, के हाे कारण ?
-
निर्मला पन्त प्रकरण : पत्रकार खेम भण्डारीलाई एक महिना कैद, एक लाख क्षतिपूर्तिको सजाय
-
काठमाडौँबाट माइक्रो बस चोरी, धादिङबाट समातिए
-
‘यो संविधानले मध्यम वर्गको समेत रक्षा गर्न सकेको छैन’
-
कांग्रेस महामन्त्री सगरमाथा आरोहण गर्दै