शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

भेनेजुएलामा भूकम्प अपडेट : मृतकको सङ्ख्या दुई हजार ६४५ पुग्यो

शनिबार, २० असार २०८३, १५ : १९
शनिबार, २० असार २०८३

काठमाडाैँ । भेनेजुएलामा आएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६४५ जना पुग्नुका साथै १२ हजार ६६६ जना घाइते भएको भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले बताएका छन् ।

अस्थायी शिविरका लागि कमान्ड सेन्टरका प्रमुख समेत रहेका रोड्रिग्जले टेलिग्राम मार्फत ६ हजार ४६२ जनालाई उद्धार गरिएको र ८६ हजार ११७ परिवारले सहायता प्राप्त गरेको बताएका  छन् । 

भूकम्पले ८८५ भवनहरू क्षतिग्रस्त भएको र अन्य १८९ भवनहरू ध्वस्त भएको उनले बताएका छन् । अधिकारीहरूले प्रकोपबाट प्रभावितहरूलाई समायोजन गर्न ५९ वटा अस्थायी शिविरहरू स्थापना गरेको बताइएको छ ।

भेनेजुयलामा आपतकालीन अवस्थाको सामना गर्न तीन हजार ३०५ जना अन्तर्राष्ट्रिय उद्धारकर्ता र २९ हजार ५६७ जना आपतकालीन प्रतिक्रियाकर्ता देशभर तैनाथ रहेको उनले बताएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप