दशरथ रंगशालामा फुटबल म्याच : भिडे बालेन शाह (फोटोफिचर)
२८ औं महानगर दिवस २०७९ को अवसरमा काठमाडौं महानगरपालिकाले फुटबल प्रतियोगिताको आयोजना गरेको छ । ‘२८ औं महानगर दिवस २०७९ प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्रीपूर्ण फुटबल’ नाम दिइएको सो प्रतियोगितामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोल पनि सहभागी भएका छन् ।
सोमबार बिहान ८ बजेदेखि राजधानीको दशरथ रंगशालामा आयोजना गरिएको सो प्रतियोगितामा बालेन शाह पनि भिडेका थिए ।
प्रतियोगितामा काठमाडौं महानगरपालिकाका दुईवटा टिम आपसमा भिडेका थिए । एउटा टिमको नेतृत्व मेयर शाह र अर्को टिमलाई प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले नेतृत्व गरेका थिए ।
प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरू थिए । प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरू थिए । नगर प्रहरीका प्रमुख राजु पाण्डे पनि सो टिमबाट खेलेका थिए । टिम कप्तान भए पनि मेयर बालेन्द्र साह खेलको उत्तरार्द्धमा मात्रै मैदानमा छिरे । उनी मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो । प्रमुख शाह खेल मैदानमा प्रवेश गरे पनि गोल गर्न भने सकेनन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण