एमाले–माओवादी कार्यकर्ताबीच झडप : गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट काठमाडौं लगियो
हिमाली जिल्ला डोल्पामा गएराति भएको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ता बीचको झडपमा परी घाइते ९ जनामध्ये गम्भीर एक बालकसहित तीन जनालाई काठमाडौं लगिएको छ। एमाले निकट घाइते चार जनालाई हेलिकप्टरबाट काठमाडौं लगिएको हो । जिल्लामा उपचार सम्भव नहुने भएपछि उनीहरूलाई काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
झडपमा परी एमाले समर्थित जगदुल्ला गाउँपालिका–३ थापागाउँका ४२ वर्षीय जालपा बोहोरा, ५० वर्षीय शान्ता बोहोरा, ३८ वर्षीय भद्र बोहोरा र सोही ठाउँमा १२ वर्षीय कृष्णजंग बोहोरा घाइते भएका थिए । लालपाको टाउकोमा गम्भीर चोट लागेको छ भने अन्यको छातीमा चोट लागेको छ।
माओवादी समर्थित ५९ वर्षीय बिर्ख बोहोरा, १८ वर्षीय लक्ष्मण बोहोरा घाइते भएका छन्। यस्तै ५४ वर्षीय गोरसिह, १६ वर्षीय पबिन्द्र बोहोरा र २१ वर्षका जगत बोहोरा घाइते भएका छन् । उनीहरूको भने स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
प्रहरी चौकी माझगाउँलाई उदृत गर्दै प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार राती थापागाउँस्थित वडा कार्यालय नजिकका झडप भएको थियो । उनीहरूले मादक पदार्थ सेवन गरेका थिए भने सामान्य वादविवाद भई झै–झगडा हुँदा उनीहरू घाइते भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण