काबुलको होटलमा आक्रमण गर्ने तीन आक्रमणकारी मारिए, सबै विदेशी पाहुनाको सकुशल उद्धार
अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक चर्चित होटलमा आक्रमण गर्ने तीन आक्रमणकारीको प्रहरी कारबाहीमा ज्यान गएको बताइएको छ । तालिबान सुरक्षा अधिकारीले दिएको जानकारीअनुसार सो होटलमा सोमबार अज्ञात बन्दुकधारीले आक्रमण गरेका थिए । कैयौँ घन्टाको उद्धार कार्यपछि त्यहाँबाट विदेशी पाहुनालाई सकुशल उद्धार गरिएको छ ।
त्यस होटलमा सोमबार अज्ञात बन्दुकधारीले हमला गरेका थिए र त्यसपछि त्यहाँ प्रहरी पुगेर उद्धारको काम सुरु गरेको थियो । काबुलको लोङ्गान होटेलमा सोमबार अपराह्न आक्रमण भएपछि तालिवान सुरक्षा बल घटनास्थलमा पुगेको र होटललाई सिल गरेर उद्धारको काम थालेको थियो ।
प्रहरीले सोमबार राति दिएको जानकारीमा सो होटल आक्रमणको निसानामा परेको थाहा भएपछि तालिबान सुरक्षाकर्मी त्यहाँ पुगेर विदेशी तथा स्वदेशी पाहुनाको उद्धारको काम थालेका थिए ।त्यस क्रममा आक्रमणमा संलग्न रहेका तीन जना अक्रमणकारी मारिएका र अरु केही घाइते भएका छन् । तर होटलमा रहेका पाहुनाको भने सकुशल उद्धार गरिएको बताइएको छ ।
यहाँको तालिबान सरकार गत वर्षको अगष्टमा सत्तामा आएयता तालिबानले सुरक्षामा सुधार गरेको दाबी गरेका थिए । तर अहिले पछिल्लो समयमा भने यहाँका कैयाँ स्थानमा बम विष्फोट र आक्रमण भएको इस्लामिक स्टेट समूहको स्थानीय च्याप्टरले दाबी गरेको छ ।
सो होटलमा प्रायः चिनियाँ पाहुनाहरु रहेको अनुमान गरिएको छ । अफगानिस्तानमा रहेको चिनियाँ दूतावासले सोमबार नै एक विज्ञप्ति प्रकाशन गरेर सो हमालाको बारेमा अनुसन्धान हुनुपर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण