शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

मेयरका प्रतिस्पर्धी बने जीवन साथी !

बुधबार, २८ मङ्सिर २०७९, १५ : ४७
बुधबार, २८ मङ्सिर २०७९

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाका मेयर गणेशकुमार शाहीले आफ्नै प्रतिस्पर्धीलाई जीवन साथी बनाएका छन् । स्थानीय तहको चुनावमा शाहीसँगै मेयरको प्रतिस्पर्धामा उत्रिएकी नेकपा (एकीकृत समाजवादी) की मनिषा कार्कीसँग उनले विवाह गरेका हुन् । ३७ वर्षीय मेयर शाहीले बुधबार २५ वर्षीया कार्कीसँग लगनगाँठो कसेका हुन् । 

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा मेयर शाहीले ३ हजार ९३५ मतान्तरले कार्कीलाई पराजित गरेका थिए । कांग्रेसबाट उम्मेदवार बनेका शाहीले ४ हजार ७० मत पाउँदा समाजवादीबाट उम्मेदवार बनेकी कार्कीले १३५ मत मात्रै प्राप्त गरेकी थिइन् । उसो त समाजवादी, माओवादी र कांग्रेसबीच गठबन्धन थियो । तर चामुण्डा बिन्द्रासैनीमा गठबन्धन नभएपछि तीनवटै दलले आ–आफ्नो उम्मेदवार बनाएका थिए । चुनावमा गठबन्धन हुन नसकेका शाही र कार्कीबीच भने जीवनको गठबन्धन भएको छ । केही दिनअघि त्रिभुवन विश्वविद्यालयबाट दीक्षित बनेकी कार्कीले आफ्नो फेसबुकमा शाही सहितको तस्वीर सेयर गर्दै लेखेकी छन्,‘ दुवै विषयमा दीक्षित भएको प्रमाण ।’ 

कार्कीको मार्क्सवादी र शाहीको समाजवादको राजनीतिक ‘स्कुलिङ’ को समायोजनपछि भोलिका दिनमा कार्कीले मार्क्सवादी गुनगान नै गाउलिन कि वीपी विचार धारालाई आत्मसात गरेर अघि बढ्लिन त्यो भने हेर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप