पार्टीकै नेतृत्वमा कर्णालीमा सरकार गठन गर्न पहल गर्ने माओवादीको निर्णय
नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा पार्टीकै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ । बुधबार र बिहीबार बसेको प्रदेश कमिटीको बैठकले साे निर्णय गरेको हो। बैठकले २०७४ सालको निर्वाचनको तुलनामा कर्णाली प्रदेशमा समानुपातिक मत वृद्धि भएको निष्कर्ष समेतनिकालेको प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।
त्यसका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत सुझाव पठाइएको छ।
यस्ता छन् निर्णय
१. प्रदेश सरकार निर्माणको सन्दर्भमा हालै सम्पन्न निर्वाचनको परिणाम अनुसार तुलनात्मक रुपले कर्णाली प्रदेश सभामा हाम्रो पार्टीको उपस्थिति बलियो रहेको गठबन्धनको निर्णय अनुसार प्रतिनिधि सभामा हामीले पाएको ५ सिट मध्ये सिद्ध ४ र प्रदेशसभामा पाएको १० सिट मध्ये ९ सिटमा हाम्रो पार्टीका उम्मेदवार विजयी भएको २०७४ सालको निर्वाचनको तुलनामा कर्णाली प्रदेशमा पार्टीको समानुपातिक मत पनि वृद्धि भएको अवस्थामा यस प्रदेशमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गर्नुपर्ने ।
२. संघीय सरकार निर्माणको सन्दर्भमा पहिलो कार्यकाल हाम्रो पार्टीको नेतृत्वमा सरकार गठनको लागि अधिकतम पहल गर्नुपर्ने ।
३. पार्टी निर्माणको सन्दर्भमा यथाशीघ्र विशेष महाधिवेशन आयोजना गरी विचार संश्लेषण र समाजवादी कान्तिको ठोस कार्यक्रम तय गर्नुपर्ने, वैचारिक राजनैतिक तथा पार्टी पुनर्गठनको अभियान संचालन गर्नुपर्ने पार्टी तथा जनसंगठनका सबै तहका कमिटीको आकार घटाएर साना र चुस्त कमिटी बनाउनुपर्ने, नेतृत्व चयन र कमिटी निर्माण गर्दा निर्वाचन प्रणालीको अभ्यासलाई निरुत्साहित गर्न नहुने । पार्टीको विधानलाई कडाइका साथ पालना गर्नुपर्ने ।
४. कम्तिमा माओवादी धाराका कम्युनिष्ट पार्टीहरुबिच पार्टी एकताको लागि सार्थक पहल गर्नुपर्ने केपी ओली प्रवृत्ति बाहेकका अन्य कम्युनिष्ट पार्टीहरु विच पनि पार्टी एकताको पहल गर्नुपर्ने । ५. हालैको निर्वाचनमा यस प्रदेशको दैलेख जिल्ला जनप्रतिनिधि विहीन भएकोले कुनै न कुनै हिसाबले सम्बोधन गर्नुपर्ने ।
६. संघ, प्रदेश र स्थानीय स्तरमा हाम्रो पार्टीको सत्ता संचालन निर्देशक समिति गठन गरी परिचालन गर्नुपर्ने ।
७. यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने, गठबन्धन सरकार बन्ने अवस्थामा संघ, प्रदेश र स्थानीय तहमा सत्ता संचालनको लागि गठबन्धन दलका प्रतिनिधि सम्मिलित राजनैतिक संयन्त्र बनाउनुपर्ने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा नौवहन सुरक्षाका लागि फ्रान्स र बेलायतले सैन्य सामग्री तैनाथ गर्ने
-
प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण