धनगढीमा प्लास्टिक निषेध गरिएपछि विकल्प खोज्दै व्यवसायी
धनगढी उपमहानगरपालिकाले प्लास्टिकका झोला प्रयोग गर्न निषेध गरेपछि व्यवसायी प्लास्टिकको विकल्प खोज्न थालेका छन् । नगर स्वच्छताका लागि भन्दै धनगढी उपमहानगरपालिकाले मंसिरदेखि प्लास्टिकका झोला बेच्न र सामान राखेर दिन बन्द रोक लगाएको छ ।
उपमहानगरले प्लास्टिकका झोला बन्द गरेपछि कपडाका झोला छपाउन दिएको व्यवसायी चन्द्र जैशी बताउँछन् । प्लास्टिकको सट्टामा कपडाको झोला बनाएर ग्राहकलाई सामान दिने तयारी गरेको उनले बताए ।
प्लास्टिकको सट्टामा प्रयोग हुने कपडाको झोला पुनः प्रयोग गर्न मिन्ले भएका कारण एक पटक ग्राहकलाई झोला दिँदा सो झोला धेरै पटकसम्म प्रयोग गर्न मिल्ने उनी बताउँछन् । बजार क्षेत्रमा ठेलामा घुम्ती व्यवसाय गर्दै आएका व्यवसायी पनि प्लास्टिकको झोलाको सट्टामा कपडाको झोला प्रयोग गर्ने तयारी गरिरहेका छन् ।
उपमहानगरपालिकाले विकल्प नदिँदा प्लास्टिकका झोला पटक हटाउन समस्या भएको होटल व्यवसायी सुधीर भट्टले बताए । ‘प्लास्टिक बन्द गर्नु राम्रो हो,’ उनले भने, ‘तर प्लास्टिकको झोलाको सट्टामा के प्रयोग गर्ने भन्ने कुरा पहिला नै भनेको भए राम्रो हुने थियो, एकैपटक प्लास्टिक बन्द गर्दा ग्राहकले अर्डर गरेको समाग्री दिन समस्या भइरहेको छ ।’
धनगढी उपमहानगरपालिकाले प्लास्टिकका झोलाको विकल्प व्यवसायी र उपभोक्ता आफैले खोज्नुपर्ने जनाएको छ । ‘प्लास्टिकको विकल्प व्यवसायीले आफैले खोज्नुपर्छ,’ मेयर गोपाल हमालले भने, ‘विकल्प उपमहानगरले दिँदैन ।’
उपमहानगरको भदौ १ को कार्यपालिकाको बैठकले असोज १ गतेदेखि धनगढीमा प्लास्टिकका झोला तथा प्लास्टिकजन्य वस्तु बन्द गर्ने निर्णय गरेको थियो । असोज १ गते भनिए पनि एक महिनासम्म सूचना जारी गरेको थियो । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सकिएपछि भने प्लास्टिकका झोला बिक्रीमा रोक लगाइएको छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण