गुराँस गाउँपालिका–८ बालश्रम र बालविवाह निषेधित वडा घोषणा
दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ८ लाई बालमैत्री वडा घोषणा गरिएको छ । अब यो वडाका कुनै पनि बालवालिकाहरुले २० वर्षभन्दा अगाडि विवाह गर्न पाउने छैनन् ।
एक कार्यक्रमका बीच वडालाई बालश्रम मुक्त, हिंसारहित र बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ । त्यसका लागि नेपाल सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, ०७८ ले तय गरेका ५१ सूचकहरुलाई पुरा गरिएको वडाअध्यक्ष दीपेन्द्र ओलीको दाबी छ ।
‘हामीले अधिकांश सूचकलाई पुरा गरेका छौँ,’ उनले भने ,‘अब यहाँका भौतिक संरचनाहरू पनि बालमैत्री बनाइने छ ।’ ओलीले वडाको नीति तथा कार्यक्रम र बजेटमा समेत बालबालिकाको अधिकार लक्षित कार्यक्रम र योजनाहरु समेटिएको बताए ।
उनले भने, ‘हामीले सूचक र मापदण्ड पुरा गरेका छौँ । चालू आर्थिक वर्षमा बालबालिकालाई लक्षित गर्दै १४.४५ प्रतिशत बजेट समेत विनियोजन भएको छ ।’ ओलीले बालविवाहको दरलाई शून्यमा झार्ने रणनीति अपनाएको बताए । ‘यो काम हाम्रो जस्तो ठाउँमा निकै चुनौतीको विषय हो । तरपनि हामीले प्रयास गरिरहेका छौँ,’ उनले भने ।
वडालाई बालमैत्री घोषणा गर्नमा पालिका सेभ द चिल्ड्रेन र सोसेक नेपाल नामक संस्थाहरूले समेत सहयोग गरेका छन् । उक्त वडाको वडा कार्यालयलाई समेत अपाङ्गतामैत्री र बालमैत्री बनाइएको छ । गाउँपालिकाका अध्यक्ष टाेपबहादुर बिसीले बालविवाहको दर पालिकाभर ५ प्रतिशत मात्रै रहेको बताए । ‘हामीले यसलाई शून्यमा झार्ने रणनीतिका साथ अघि बढिरहेका छौँ,’ उनले भने, ‘वडा हुँदै पालिकालाई नै बालमैत्री घोषणा गरिनेछ ।’
उनले पालिकाका कुनैपनि बालबालिकालाई श्रममा लाग्नुपर्ने वाध्यताबाट मुक्त गरिने बताए । यसअघि यो पालिकाका दुईवटा वडालाई बालमैत्री घोषणा भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण