लुम्बिनीमा दुई महिनामै ६१ लाख दान संकलन

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दान बापत दुई महिनामा ६१ लाख २० हजार ८०६ रूपैयाँ संकलन भएको छ ।
लुम्बिनी विकास कोषले पाँच दिन लगाएर शुक्रबार सकाएको दानपेटीकाको भेटी गणनामा उक्त रकम संकलन भएको पाएको हो । आन्तरिक र वाह्य पर्यटकको संख्या वृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दानपेटिका छिट्टै भरिन थालेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए ।
अघिल्लोपटक तीन महिनामा एक पटक गणना गरिएकोमा यस पटक दानपात्र छिट्टै भरिएकाले दुई महिना नपुग्दै गणना सुरु गरिएको हो । गत ३० असोज गरिएको भेटिगणनामा २७ लाख १८ हजार दानबापत रकम संकलन भएको थियो । कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि हुन थालेको छ ।
अहिले लुम्बिनी भ्रमणको सिजन समेत सुरु भएकाले छिमेकी देश भारतसहित थाइल्यान्ड, म्यानमार, भियतनाम र यूरोपबाट समेत दर्शनार्थी आउने क्रम बढेको कोषाध्यक्ष भट्टराईले बताए । लुम्बिनी विकास कोषको सुचना शाखाका अनुसार नोभेम्बर महिनामा मात्रै आन्तरिक अर्थात नेपालीले ८२ हजार २०५ जनाले भ्रमण गरेका छन् ।
यस्तै, नोभेम्बर महिनामा मात्रै भारतबाट ३८ हजार ६८९, अन्य मुलुकबाट सात हजार ४७३ जनाले लुम्बिनीमा पाईला टेकेका छन् । नोभेम्बर महिनासम्म पाँच लाख ४५ हजार नेपालीले लुम्बिनी भ्रमण गरेकोमा भारतबाट एक लाख ८८ हजार पर्यटक भित्रिएको सूचना शाखाको तथ्यांकमा उल्लेख छ । भियतनाम, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायतका ८४ मुलुकबाट एक लाख ८१ हजारले लुम्बिनी भ्रमण गरेका छन् ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुरको निर्वाचनमा सत्तारुढ दलको निर्णायक जित
-
बलेवा–मालढुङ्गा खण्ड स्तरोन्नति गरिँदै
-
अमरदीप सुनुवारका तीन कविता
-
अस्पतालको भवन निर्माणमा १ करोड ८४ लाख भ्रष्टाचार आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर
-
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरूलाई राष्ट्रियसभा अध्यक्षको रूलिङ
-
रेशमलाई जेल पठाउन वैशाख १६ गतेदेखि नै महिमानको चलखेल