दुई घरमा आगलागी हुँदा ४२ लाख बढीको क्षति
मङ्गलबार, ०५ पुस २०७९, १९ : ४२
सोलुखुम्बुमा आगलागीबाट दुई घर जलेर नष्ट हुँदा ४२ लाख बढीको क्षति भएको छ । थुलुङ दूधकोशी गाउँपालिका ९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घरमा आगलागी हुँदा ४२ लाख ८० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी निरीक्षक रामकिशोर शाहकाअनुसार भक्तबहादुर राईको घरको भान्साकोठाबाट सुरु भएको आगोले भक्तबहादर र सँगै रहेको नौधनको घर समेत खरानीमा परिणत भएको हो ।
आगलागीबाट ढुङ्गामाटोले बनेको र टिनको छानो भएको राईद्वयको दुई/दुई तले घरसहित भित्र रहेको सबै धनमाल जलेर नष्ट हुँदा भक्त बहादुरको ३१ लाख रुपियाँ र नौधनको ११ लाख ८० हजार रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाता बन्द भएपछि पनि सरकारी कोषबाट कसरी खर्चिइयो १८ अर्ब ?
-
सबै पुराना स्मार्ट लाइसेन्सको छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै
-
अर्जेन्टिनाको ‘म्याजिकल’ कमब्याक शृंखला, इङ्ल्यान्डले कस्तो गल्ती गर्यो ? (भिडियो)
-
अब हाम्रो नेतृत्वको सरकारले सुशासन र समृद्धिको जग बसाल्छः खगराज भट्ट
-
कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा
-
किन एकपछि अर्को गर्दै एक्लिँदै छ नेकपा एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण