बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सांसदहरूले कुन–कुन भाषामा शपथ लिँदैछन् ?

बिहीबार, ०७ पुस २०७९, १२ : १८
बिहीबार, ०७ पुस २०७९

संघीय संसद्का नवनिर्वाचित सांसदहरूले बिहीबार शपथ लिँदैछन् । संघीय संसद्मा २७५ जना सांसदहरु रहेका छन् ।​ यसमध्ये २६ जना सांसदले विभिन्न १४ वटा मातृभाषामा शपथ लिन लागेको संघीय संसद् सचिवालयका प्रवक्ता दशरथ धमलाले रातोपाटीलाई जानकारी दिए ।

धमलाका अनुसार सांसदहरूले उर्दु, तामाङ, भोजपुरी, थारु, कोइरकोयू, मैथली, नेपाली खस, मधेसी भाषा, सन्याली भाषा, नेपाल भाषा, अवधि, नेपालीरमुस्लिम, हिन्दी र संस्कृत भाषामा शपथ लिनेछन् ।

सांसदहरूलाई ज्येष्ठ सदस्यको हैसियतले पशुपति शमशेर जबराले शपथ खुवाउनेछन् । जबराले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप