छुटेका दुई सांसदले लिए अध्यक्ष राणाबाट शपथ
शुक्रबार, ०८ पुस २०७९, १२ : ३९
बिहीबार प्रतिनिधि सभा सदस्य पदको सपथ लिन छुटेका २ सांसदले शपथ लिएका छन् । संघीय संसद सचिवालय सिंहदरबारमा प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाबाट नेपाल समाजवादी पार्टीका सांसद महेन्द्र राय यादव र माओवादी केन्द्रका सांसद रामकुमार राईले सपथ लिएका हुन् । यादव माओवादीको चिन्ह हँसिय हथौडाबाट चुनाव लडेका थिए ।
सचिवालयमा रहेको मानव अधिकार समितिको हलमा शपथ गराइएको हो । यादवको नागरिकतामा रहेको उमेरसम्बन्धी समस्याका कारण बिहिबार उनले सपथ लिएका थिएनन् भने माओवादीका सांसद राई प्लेन उडानमा ढिलाई भएका कारण सपथका लागि छुटेका थिए ।
यस्तै एकीकृत समाजवादीका नेता प्रेम आले र कांग्रेस सांसद माया राई पारिवारिक कारणबाट शपथ लिन छुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण