बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

छुटेका दुई सांसदले लिए अध्यक्ष राणाबाट शपथ

शुक्रबार, ०८ पुस २०७९, १२ : ३९
शुक्रबार, ०८ पुस २०७९

बिहीबार प्रतिनिधि सभा सदस्य पदको सपथ लिन छुटेका २ सांसदले शपथ लिएका छन् । संघीय संसद सचिवालय सिंहदरबारमा प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाबाट नेपाल समाजवादी पार्टीका सांसद महेन्द्र राय यादव र माओवादी केन्द्रका सांसद रामकुमार राईले सपथ लिएका हुन् । यादव माओवादीको चिन्ह हँसिय हथौडाबाट चुनाव लडेका थिए । 

सचिवालयमा रहेको मानव अधिकार समितिको हलमा शपथ गराइएको  हो । यादवको नागरिकतामा रहेको उमेरसम्बन्धी समस्याका कारण बिहिबार उनले सपथ लिएका थिएनन् भने माओवादीका सांसद राई प्लेन उडानमा ढिलाई भएका कारण सपथका लागि छुटेका थिए । 

यस्तै एकीकृत समाजवादीका नेता प्रेम आले र कांग्रेस सांसद माया राई पारिवारिक कारणबाट शपथ लिन छुटेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप