५ किलो कोकिनसहित २ जना विदेशी महिला ठमेलबाट पक्राउ
काठमाडौंको ठमेलबाट लागुऔषध नियन्त्रण ब्यूरोले कोकिन कारोबार गर्ने दुईजना विदेशी महिलालाई पक्राउ गरेको छ । युक्रेन र थाइल्याण्ड घर भएका दुईजना महिलालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकासराज खनालले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा युक्रेन घर भएकी ३२ वर्षीया डारिया एन्जोनिन्को र थाइल्याण्ड घर भएकी आरिया फोनोक छन् । पुस ६ मा ब्राजिलबाट दुबई हुँदै काठमाडौं आएकी युक्रेनी महिलाको साथबाट ब्यूरोको टोलीले ५ किलो ६ सय ग्राम कोकिन बरामद गरेको छ ।
ठमेलस्थित होटलबाट पक्राउ परेकी डारियाको बयानको आधारमा सो कोकिन लिन आउने आरियालाई प्रहरीले पक्राउ गरेको हो । आरिया बैंककबाट काठमाडौं आएकी हुन् । ब्राजिलबाट काठमाडौं ल्याएको कोकिन कारोबारीहरुले बैंकक लान खोजेको अनुसन्धानबाट थाहा भएको एसएसपी खनालले जानकारी दिए । थाई नागरिक आरिया पुस ७ मा पक्राउ परेकी हुन् ।
आरोपीहरु विरुद्ध लागुऔषध नियन्त्रण ऐन–२०३३ विरुद्धको कसुरमा अदालतबाट म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ । ५ केजी ६ सय ग्राम कोकिनको बजार मूल्य १२ करोड ९ लाख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण