आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भलिबलमा नेपालको लगातार दोस्रो हार

शुक्रबार, ०८ पुस २०७९, १६ : ३२
शुक्रबार, ०८ पुस २०७९

बंगबन्धु एसियाली यू–२३ सेन्ट्रल एसियाली जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा शुक्रबार नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । नेपाल श्रीलंकासँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

श्रीलंकाले नेपाललाई २६–२४, २५–१८ र २५–१७ ले पराजित गरेको छ । यससँगै नेपालको उपाधिको सम्भावना सकिएको छ । यसअघि नेपाल आयोजक बंगलादेशसँग पराजित भएको थियो । अब नेपालले शनिबार लिग चरणको आफ्नो अन्तिम खेल किर्गिस्तानसँग खेल्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप