नेपाल लिट्रेचर फेस्टिभलमा नेपाली आधुनिक संगीतको सय वर्ष
पोखरामा जारी दशौँ नेपाल लिट्रेचर फेस्टिभलको दोस्रो साँझ पुरानादेखि नयाँ आधुनिक गीतहरूको गाइएको छ। आधुनिक संगीतको सय वर्ष शीर्षकको उक्त सेसनमा कुन्ती मोक्तान, लोचन भट्टराई, शिलाबहादुर मोक्तान लगायतका कलाकारले प्रस्तुति दिएका थिए।
गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा नेपाल संगीत नाट्य एकेडेमीको आयोजनामा भएको सेसनमा वि.सं. १९६५ देखि यता विभिन्न काल खण्डका गीतहरू गाइएको थियो। जसमा १९६० को दशकको राणाकालमा, २००० को दशकमा प्रजातन्त्र आइसकेपछि र पञ्चायतकालमा रचिएका तथा गाइएका गीतहरू रहेका छन्।
तीन चरणमा विभाजित साङ्गीतिक कार्यक्रमको सुरुवात नेवारी गीत राजमति खुमतिबाट गरिएको थियो। त्यस्तै वि.सं.२००० भन्दा अघिका केही सीमित गीत मध्ये मेलवादेवीको सवारी मेरो रेलैमा, मित्रसेनको लाहुरेको रेलिमइ, उस्ताद साइँलाको रातो ठेकी नारन तथा रेनुदेवी अधिकारीको क्रान्तिकारी गीत नेपाली अघि बढ हातमा क्रान्तिको झण्डा लिई लगायतका गीत गाइएको थियो।
त्यस्तै २००० देखि यता प्रजातन्त्र तथा रेडियो नेपालको स्थापना भइसकेपछि रेकर्ड भएका गीतहरू प्रस्तुत गरिएको थियो। जसमा हरि प्रसाद रिमालको फगत एक नजरमा, नारायण गोपाल र तारादेवीको हे कान्छा ठट्टैमा वैँश जान लाग्यो, बच्चु कैलाशको तितरी पंखी बादलमाथी, नातिकाजीको नेपाली हामी रहौँला कहाँ लगायतका गीत गाइयो। त्यसपछिको चरणमा २०३०, ४० को दशकमा स्थापना भएका साङ्गीतिक राल्फा समूहको गाई त बाँध्यो ढुङ्ग्रोमा मोही छैन, कोही त भने जहाजमा, लेकाली समूहको मलाई प्यारो लाग्छ, अम्बर गुरुको नौलाख तारा उदाए धर्तीको आकाश हाँसेछ, गोपाल योन्जनको बनेको छ पहराले लगायतका गीत प्रस्तुत गरिएको थियो।
त्यस्तै पुराना चलचित्र गीतहरू माइतीघर, गैरी खेतको सरौँतिले लगायतका गीतमा नृत्य पनि प्रस्तुत गरिएको थियो। सोमबारसम्म चल्ने महोत्सवको तेस्रो दिन शनिबार साङ्गीतिक कार्यक्रम, किताब चर्चा, अर्थतन्त्रमाथिको बहस लगायतका दर्जनभन्दा बढी सेसन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न (तस्बिरहरू)
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण