लुम्बिनी प्रदेशसभा सचिवालयको काम भोलिदेखि देउखुरीबाट
लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङको देउखुरीबाट पुस ११ गते सोमबारबाट प्रदेश सभा सचिवालयको सबै कामकाज सुरु गर्ने भएको छ । बुटवलबाट हुँदै आएको प्रदेशसभा सचिवालयको काम अब बुटवलबाट करिब एक सय किलोमिटर पश्चिममा पर्ने स्थायी राजधानी देउखुरीबाट सञ्चालन गर्न लागिएको हो ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार सोमबारदेखि सचिवालयको सबै काम देउखुरीबाट हुनेछ । जसका लागि प्रदेश सचिव लगायत सचिवालयमा कार्यरत सबै कर्मचारी राजधानी क्षेत्रमा पुगिसकेका छन ।
लुम्बिनी प्रदेशसभाको बैठक पनि स्थायी राजधानी दाङमा बस्दै छ । लुम्बिनी प्रदेश सरकारको प्रशासनिक भवनभित्रै पाँच करोड २० लाख लागतमा तयार गरिएको संसद भवन र सचिवालय भवन पनि सञ्चालनको अन्तिम तयारी अवस्थामा छन् । स्थायी राजधानी दाङबाटै प्रदेश सांसद, मुख्यमन्त्री र मन्त्रीहरूलाई स्वागत एवं शपथ खुवाउने तयारी प्रदेश सरकारको छ ।
जसका लागि अहिले प्रदेशसभा भवन सिंगारपटार गर्ने काम भइरहेको छ । प्रदेशसभा सचिव पुनले नवनिर्मित प्रदेशसभा भवनबाटै सदन चलाउने तयारीसहित काम अघि बढेको बताए ।
प्रदेश प्रमुखबाट संसद बैठक आह्वान हुने र त्यसपछि सभा सदस्यको शपथग्रहण र संसदको पहिलो बैठक बस्ने उनले बताए । अबको प्रदेश सभा बैठक र नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ यहीँ राख्ने योजना छ,ु उनले भने ।
उनले संविधानतः प्रदेशसभाको अधिवेशन पुस २१ भित्र बोलाइसक्नु पर्ने र त्यसपछिमात्र प्रदेशसभा सदस्यको शपथ ग्रहण हुने बताए । उनले पुस १५ गतेदेखि २१ गतेको बीचमा शपथ ग्रहण हुने जानकारी दिए ।
उनका अनुसार अहिले प्रदेश सभा भवनभित्र कार्पेट बिच्छ्याउने काम, कुर्सी राख्ने काम, रोष्टम बनाउने काम भइरहेको छ । यता, प्रदेश सभा सचिवालय तयार पार्ने र संसदीय दलको कार्यालय व्यवस्थापनको काम पनि चलिरहेको छ । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा, नर्वे २–१ ले पराजित
-
अतिरिक्त समयको पहिलो हाफ समाप्त: जुड बेलिङ्घमको गोलसँगै इङ्गल्याण्ड २–१ ले अगाडि
-
बेलिङ्घमले गरे व्यक्तिगत दोस्रो गोल, इङ्गल्याण्डलाई महत्त्वपूर्ण अग्रता
-
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकियो, नर्वे र इङ्गल्याण्डबिचको खेल अतिरिक्त समयमा
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण