सशस्त्र प्रहरीद्वारा रौतहटमा लाखौँको भारतीय घिउ बरामद
सोमबार, ११ पुस २०७९, ०९ : ३९
रौतहटको ईशनाथ नगर क्षेत्रबाट ठुलो परिमाणमा भारतबाट अवैध रूपमा आयातित भैँसीको घिउ बरामद गरेको छ।
विशेष सूचनाको आधारमा ईशनाथ नगरपालिका ४ स्थित शिवमंगल महराको खरको गोठ बाट आइतबार साँझ सशस्त्र प्रहरीको टोलीले १६ कुईन्टल घिउ बरामद गरेको हो । बरामद घिउको ८ लाख ५३ हजार मूल्याङ्कनसहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौर पठाइएको सशस्त्र प्रहरी ११ नम्बर हेक्का प्रमुख एसपी ध्रुवबहादुर कार्कीले जानकारी दिए ।
पछिल्लो समय स्थानीय तथा भारतीय तस्करको समूहले सीमावर्ती भारतीय बजारबाट भैँसीको घिउ खरिद गरी अबैधरूपमा औरैयाबाट चल्ने रात्रीसेवा यात्रुवाहक बसमा राखेर राजधानी काठमाडौंसम्म पुर्याउँदै आएका थिए । पछिल्लो समय रौतहटमा विभिन्न भारतीय सामानको तस्करी बढेको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण