शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीद्वारा रौतहटमा लाखौँको भारतीय घिउ बरामद

सोमबार, ११ पुस २०७९, ०९ : ३९
सोमबार, ११ पुस २०७९

रौतहटको ईशनाथ नगर क्षेत्रबाट ठुलो परिमाणमा भारतबाट अवैध रूपमा आयातित भैँसीको घिउ बरामद गरेको छ। 

विशेष सूचनाको आधारमा  ईशनाथ नगरपालिका ४ स्थित शिवमंगल महराको खरको गोठ बाट आइतबार साँझ सशस्त्र प्रहरीको टोलीले १६ कुईन्टल घिउ बरामद गरेको हो । बरामद घिउको ८ लाख ५३ हजार मूल्याङ्कनसहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौर पठाइएको सशस्त्र प्रहरी ११ नम्बर हेक्का प्रमुख एसपी ध्रुवबहादुर कार्कीले जानकारी दिए । 

पछिल्लो समय स्थानीय तथा भारतीय तस्करको समूहले सीमावर्ती भारतीय बजारबाट भैँसीको घिउ खरिद गरी अबैधरूपमा औरैयाबाट चल्ने रात्रीसेवा यात्रुवाहक बसमा राखेर राजधानी काठमाडौंसम्म पुर्‍याउँदै आएका थिए । पछिल्लो समय रौतहटमा विभिन्न भारतीय सामानको तस्करी बढेको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप