बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीको औपचारिक दाबी, छलफलका लागि वार्ता समिति बन्यो

बुधबार, १३ पुस २०७९, १५ : २४
बुधबार, १३ पुस २०७९

नेकपा (माओवादी केन्द्र) प्रदेश १ ले औपचारिक रूपमा मुख्यमन्त्रीमा दाबी गरेको छ । सो पार्टीको प्रदेश १ पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । 

माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकार गठन र अन्य पार्टीसँगको सहकार्यका लागि वार्ता समिति समेत निर्माण गरेको जनाएका हुन् । ‘प्रदेश सरकारको नेतृत्व हाम्रो पार्टीले पाउनुपर्ने माग दाबीसहित पार्टीको शीर्ष नेतृत्व र सत्ता साझेदार दलहरूसँग छलफललाई अगाडि बढाउने निर्णय गरियो,’ विज्ञप्तिमा भनिएको छ । 

यस्तै प्रदेश सरकार गठन र अन्य सहकार्यका लागि पार्टीको तर्फबाट माओवादीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज राम कार्कीको संयोजकत्वमा वार्ता समिति समेत गठन गरिएको छ । समितिका अन्य सदस्यहरूमा इन्द्रबहादुर आङ्बो र हर्कबहादुर नेम्वाङ रहेका छन् । प्रदेश १ प्रदेशसभामा ९३ जना सांसद छन् । जसमा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक जना सांसद निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप