दक्षिण एसियाली ज्योतिष महासङ्घको बैठक आह्वान
दक्षिण एसियाका ज्योतिषीको साझा सङ्गठन दक्षिण एसियाली ज्योतिष महासङ्घले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
महासङ्घले यही पुस २५ गते नेपालको राजधानी काठमाडौँमा केन्द्रीय समितिको बैठक आह्वान गरेको हो । नेपाल, भारत, बङ्गलादेशलगायतका देशबाट केन्द्रीय समितिका सदस्य तथा पदाधिकारी सहभागी हुने जनाएको छ । बैठकले विगतमा भए गरेका कार्यको समीक्षा गर्दै आगामी महाधिवेशको निर्णय गर्ने महासङ्घका महासचिव सुरेशप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
ज्योतिष शास्त्रका विभिन्न मतान्तरमा एकरुपता ल्याउने, फरक–फरक देश र संस्कृतिकाबीच कार्य गरिरहेका ज्योतिषीको आपसी ज्ञान साटासाट गर्ने र वैदिक शास्त्रको महत्वलाई थप समयसापेक्ष बनाउन तालिम, अनुसन्धान तथा प्रशिक्षण गर्नेलगायतका कार्य गरिरहेको संस्थाका सभापति लक्ष्मण आचार्यले बताए । उनले आगामी केन्द्रीय समितिको बैठकले नेपालमा रहेको केन्द्रीय कार्यालयलाई थप व्यवस्थित बनाउने र महाधिवेशनमात्र नयाँ नेतृत्व चयन गर्ने तयारी भएको महासङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण