४२ लाख ८० हजार डोज खोप कोल्डस्टोरमै थन्कियो
काठमाडौं । सात प्रदेशसहित स्वास्थ्य सेवा विभागको कोल्डस्टोरमा ४७ लाख डोजभन्दा बढी खोप थन्किएको पाइएको छ । त्यसमध्ये साइनोभ्याक र भेरोसिल गरेर ४२ लाख ८० हजार डोज खोप थन्किएको छ । सो संख्यामा मौज्दात रहेको खोप खेर जाने अवस्थामा समेत छ । विश्व स्वास्थ्य संगठनले यी दुवै खोपलाई बुस्टर डोजका रूपमा दिन अनुमति दिएको छैन । ४७ लाखमध्ये बाँकी ४ लाख ८० हजार फाइजर खोप भने बालबालिकालाई प्रयोग गर्न सकिने अवस्थामा छ ।
४२ लाख ८० हजार डोज कोल्डस्टोरमा मौज्दात रहेकै अवस्थामा सरकारले कोरोना भाइरसविरुद्धको चौथो डोज खोप ल्याउने तयारी गरेको छ । पहिलो, दोस्रो र तेस्रो डोज खोप लगाइसकेका नागरिकलाई चौथो डोज दिनेगरी फाइजर खोप ल्याउन लागिएको हो । सरकारले छिमेकी मुलुकमा कोभिड–१९ को संक्रमण फरक स्वरूपमा फैलिँदै गएपछि सचेत रहन आमजनतामा आग्रह गर्दै गर्दा दोस्रो बुस्टर मात्राको खोप ल्याउन प्रक्रिया अघि बढाएको हो । सो खोप कोभ्याक्स सुविधामार्फत ल्याइँदै छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख सागर दाहालले पहिलो चरणमा ३० लाख फाइजर खोप ल्याउन प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनका अनुसार त्यसमध्ये १५ लाख दोस्रो बुस्टर डोजका रूपमा प्रयोग हुने छ भने बाँकी १५ लाख पहिलो र दोस्रो मात्रा लगाएकालाई पहिलो बुस्टर डोजका रूपमा दिइनेछ ।
दोस्रो बुस्टर मात्राका लागि ल्याइने खोप जनवरी अन्तिमसम्ममा नेपाल आइपुग्ने दाहालले बताए । सो खोप ल्याउन औषधि व्यवस्था विभागले बुधबार मात्रै अनुमति दिएको छ । विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार आपतकालीन प्रयोगका लागि फाइजर खोपको बुस्टर डोजलाई अनुमति दिइएको हो ।
यसअघि सो खोप १२ वर्षमुनिका बालबालिकालाई पहिलो र दोस्रो डोजका रूपमा लगाइएको थियो । तर, अहिले भने एडल्ट फाइजर खोपलाई बुस्टरका रूपमा मात्रै प्रयोग गरिनेछ । यसअघि भने सरकारले १८ वर्षमाथिका नागरिकलाई एस्ट्राजेनेका, कोभिसिल्ड खोप बुस्टर डोजका रूपमा दिइएको थियो । परिवार कल्याण महाशाखाले चौथो डोज खोप दिने निर्णय भने गत २० कात्तिकमा नै गरेको थियो । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण