आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पौष्टिक आहाराले बालबालिकाको पोषणमा सुधार

शुक्रबार, १५ पुस २०७९, ०८ : २४
शुक्रबार, १५ पुस २०७९

तिला गाउँपालिका–४ साँपुल्ली गाउँकी विमला शाहीको एक वर्षको बच्चा छ । विमलाको बच्चा जन्मँदा ४ किलोको थियो । अहिले एक वर्षको भयो १० किलो छ । 

उनले भनिन् -'गर्भवती हुँदा देखि नै पौष्टिक आहारा खाँदै आएकोले सुत्केरी हुँदा पनि सहज भयो । बच्चा कुपोषण भएन । अहिले बच्चालाई नियमित पौष्टिक आहारा सर्वोत्तम पिठो खुवाउँदै आएकोले पोषणमा सुधार भएको छ।'

यस्तै तिला गाउँपालिका– ३ की लालसरी सुनारले १९ वर्षकै उमेरमा बच्चा जन्माइन् । उनको बच्चा अहिले ४ महिनाको छ । सानै उमेरमा प्रजनन अंग परिपक्क नभएर बच्चा जन्माउँदा असहज नै हुने उनले महसुस गरिन् । पौष्टिक आहारा सर्वोत्तम लिटोपिठोको प्रयोगले आमा र बच्चा दुवैमा पोषण सुधार भएको महाशुस गरेका छन् । 

मातृ तथा बाल मृत्यूदर शून्य बनाउन र पोषणमा सुधार ल्याउनका लागि दातृ निकायदेखि नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा ठुलो लगानी गरेको छ । नेपाल सरकारसँग साँझेदार गर्दै विश्व खाद्य कार्यक्रमले कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, कालिकोट, हुम्ला, डोल्पा र मुगु जिल्लामा एमडिआई नेपालको प्राविधिक सहयोगमा गर्भवती महिला र ६–२३ महिना भित्रका बच्चालाई पौष्टिक आहारा सर्वोत्तम पिठो वितरण गर्दै आएको छ । 

एमडिआई नेपाल जुम्लाका संयोजक नवीन रावलका अनुसार सन् २०१४ देखि यो कार्यक्रम नियमित सञ्चालनमा रहेको छ । उनले भने -'यसले गर्भवती आमा र बच्चामा पोषण सुधार आएको छ ।' खाद्य असुरक्षा भएका जिल्लामा यो कार्यक्रम सञ्चालनमा रहेको विश्व खाद्य कार्यक्रमका फिल्ड संयोजक कृष्ण शाहीले बताए । उनले भने -'यो कार्यक्रम मार्फत स्थानीय उत्पादनबाट पनि सर्वोत्तम खाना बनाउन सिकाएका छौँ । पोषण यूक्त खाना सर्वोत्तम पिठो व्यवस्थापन गर्नका लागि प्राविधिक रुपमा १÷२ महिना वितरण हुने गरेको छैन । यस्तो अवस्थामा स्थानीय उत्पादनबाट पौष्टिक खाना बनाएर गर्भवती आमा र बच्चालाई खुवाउन सिकाएका छौँ ।'

गर्भवती आमा र नवजात बच्चाको पोषण सुधारका लागि गैरसरकारी र सरकारी तवरबाट लगानी भएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमारी केशरीले बताए । उनले भने -'यसको भरपुर सदुपयोग गर्नुको विकल्प छैन । दातृ निकायसँग समन्वय गरेर राज्यले केही सीमित अवधिका लागि परियोजना सञ्चालन गरेको हो । सधैं यही नै लागु हुँदैन । निश्चित अवधिका लागि परियोजना सञ्चालन गरिएको हुन्छ । यस्तो अवस्थामा यही परियोजनाबाट सिकेका कुरालाई व्यवहारमा लागु गर्नपर्दछ। '

स्वास्थ्य क्षेत्रको सुधारका योजना नै पालिकाले प्राथमिकतामा राख्ने गरेको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए । उनले भने -'तिला गाउँपालिकामा ९ वटा वडा छन् । तर यो पालिकामा १३ वटा स्वास्थ्यका संरचना स्थापना गरिएको छ । हामी नागरिकको स्वास्थ्य सुधारमा सचेत छौँ । ' भौगोलिक रुपमा गाउँबस्ती विकट भएकाले सबैलाई स्वास्थ्य क्षेत्रको पहुँचमा ल्याउनका लागि १३ वटा स्वास्थ्य संरचना स्थापना गरिएको हो । नागरिकले पनि आफ्नो स्वास्थ्य अवस्थाका बारेमा ध्यान दिन जरुरी रहेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप