प्रस्तावक, समर्थकको नै मत पाएनन् मुख्यमन्त्रीका आकांक्षी अर्यालले
नेपाली काँग्रेस प्रदेश १ संसदीय दलमा उद्धव थापा निर्वाचित भएका छन् । थापाले २९ सांसदमध्ये १८ जनाको मत पाए । अर्का उम्मेदवार केदार कार्कीले ९ र अमृत अर्यालले २ मत पाए ।
निर्वाचित भएका थापा काँग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् । यद्यपि उनलाई अन्तिम समयमा पार्टी सभापति शेरबहादुर देउवाले सहयोग गरेको मत परिणामबाट प्रष्ट हुन्छ । यस्तै कार्की संस्थापन इतर पक्ष (शेखर कोइराला)का हुन् । उनले अपेक्षित नै परिणाम हात पारेका छन् । तर, संस्थापन पक्षकै नेता अर्यालले भने अनपेक्षित मत हात पारे ।
अझै भन्ने हो भने अर्यालले प्रस्ताव र समर्थक कै मत पाएनन् । अर्यालको प्रस्तावकमा डोल्मा तामाङ र समर्थकमा सुनिताकुमारी गुरुङ (राम) थिए । दुवै जना समानुपातिक सांसद हुन् । संस्थापन पक्षले एक जनामात्रै उम्मेदवार बनाउन गरेको प्रयास विफल भएपछि दुई जनाले नै उम्मेदवारी दर्ता गरेका थिए ।
९३ सदस्यीय प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेससँग जम्मा २९ सांसद छन् । कांग्रेसको विधान अनुसार दलको नेता छानिन ५१ प्रतिशत मत ल्याउनैपर्छ । त्यसका लागि १५ मत आवश्यक पर्छ । तर, थापाले भने पहिलो चरणमै ५१ प्रतिशत भन्दा बढी मत पाउँदा अर्यालले भने लज्जास्पद हार व्यहोर्नु पर्यो ।
कोइराला समूहको प्रभाव क्षेत्र मानिने प्रदेश १ मा पनि सबभन्दा बलियो अवस्थामा सभापति देउवा समूह नै थियो । देउवा समूहले सिटौला समूहलाई सहयोग गर्दा थापाको जित सहज बन्यो भने आफ्नै पक्षका नेता अर्यालको लज्जास्पद पराजय भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण