शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अनुहारमा देखिन थाल्यो बुढ्यौलीको लक्षण ? आजैदेखि खान सुरु गर्नुहोस् यी चिज

शुक्रबार, १५ पुस २०७९, १२ : ४७
शुक्रबार, १५ पुस २०७९

उमेर बढेसँगै हाम्रो छालामा यसको असर देखिन थाल्छ । छालामा देखिने चाउरी, फाइन लाइन्सले यसतर्फ इशारा गर्छ कि तपाईं बिस्तारै बुढो हुँदै हुनुहुन्छ । यद्यपि, उमेर बढ्नु एक प्राकृतिक प्रक्रिया हो जसलाई तपाईं रोक्न सक्नुहुन्नँ तर केही चिजको मद्दतले छालामा देखिने एजिङ साइन्सको गति कम गर्न सक्छ । छालामा देखिने चाउरीपनको समस्याबाट छुटकारा पाउनका लागि केराटिन निकै आवश्यक मानिन्छ । हाम्रो छाला, कपाल र नङमा केराटिन पाइन्छ । यो एक प्रकारको प्रोटिन हो जुन छालाका लागि निकै फाइदाजनक हुन्छ र कुनै पनि प्रकारको संक्रमणलाई शरीरमा प्रवेश हुनबाट रोक्छ ।

आज हामी तपाईंलाई केही यस्ता चिजबारे जानकारी दिँदै छौँ जसमा केराटिनको मात्रा धेरै हुन्छन् । यी चिजको दैनिक सेवनले चाउरीपन र फाइन लाइन्स कम हुने गर्छ । साथै, यी सबै चिजको सेवनले तपाईंको एजिङ प्रोसेस स्लो हुने गर्छ । आउनुहोस्, यी केराटिनयुक्त चिजबारे जानकारी लिऔँ –

सूर्यमुखीको बिउ

सूर्यमुखीको बिउ निकै स्वादिष्ट र पौष्टिक हुन्छन् जसले केराटिनको उत्पादनलाई बढाउने गर्छ । यो बिउले कपाललाई बलियो बनाउनुका साथै चम्किलो पनि बनाउँछ । सूर्यमुखीको बिउमा पेन्टोथेनिक एसिड, सेलेनियम, कपर र भिटामिन ई हुन्छ । यी बिउलाई तपाईंले खाना वा ड्रिङ्कमा राखेर पनि सेवन गर्न सक्नुहुन्छ ।

अण्डा

शरीरमा केराटिनको उत्पादनका लागि अण्डा खानु एक प्राकृतिक तरिका हो । केराटिनको उत्पादनका लागि बायोटिनको विशेष आवश्यकता हुन्छ, यस्तोमा अण्डा बायोटिनको एउटा राम्रो स्रोत हो जसमार्फत् केराटिनको निर्माण हुन्छ । एउटा ठूलो अण्डामा ६ ग्राम प्रोटिन पाइन्छ जसले केराटिनको निर्माणलाई बढाउन मद्दत गर्छ । यसबाहेक अण्डामा भिटामिन ए र बी१२, राइबोफ्लेविन, सेलेनियमजस्ता घटक पनि पाइन्छ ।

लसुन

लसुनमा एन–एसिटाइलसिस्टिन नामको एउटा प्लान्ट बेस्ट एन्टिअक्सिडेन्स पाइन्ट जसले कपालको कोशिकालाई सूर्यको हानीबाट जोगाउँछ र कपालको विकासलाई प्रोत्साहित गर्ने गर्छ । केराटिनमा एल–सिस्टिन नामको एक एमिनो एसिड पाइन्छ । यसबाहेक लसुनमा भिटामिन सी, बीसिक्स, म्यागनिज र विभिन्न खालका मिनरल्स पाइन्छन् ।

प्याज

प्याज खाँदा शरीरमा केराटिनको उत्पादन बढ्ने गर्छ । यसबाहेक प्याजमा फोलेट हुन्छ जुन  कपालको रोम छिद्रलाई बलियो बनाउनका लागि महत्वपूर्ण भिटामिन हो ।

हरियो पत्तेदार सागसब्जी

हरियो पत्तेदार सागसब्जी जस्तै पालुङ्गो, केल, बन्दागोभीलगायत केराटिनले भरपुर हुन्छन् । १ कप पकाइएको हरियो पत्तेदार सागसब्जीमा १५.३ मिलिग्राम केराटिन पाइन्छ । यसबाहेक यो हरियो पत्तेदार सागसब्जी प्रोटिन, भिटामिन, मिनरल्सस, आइरनको पनि राम्रो स्रोत मानिन्छ ।

शख्खरखण्ड

शख्खरखण्डमा विभिन्न खालका पोषक तत्व पाइन्छन् जसकारण यसलाई सुपरफुड भनिन्छ । यसमा बिटा–क्यारोटिन, एक प्रकारको प्रोभिटामिन ए समावेश छ । यसले केराटिन बनाउँछ र जब शरीर यो केराटिनको प्रयोग गर्छ तब यो भिटामिन ए मा परिवर्तन हुने गर्छ । यसले तपाईंको कपाललाई स्वस्थ बनाउँछ । शख्खरखण्डलाई साधारण आलूको तुलनामा निकै धेरै फाइदाजनक मानिन्छ ।

गाजर

गाजरमा भिटामिन ए, भिटामिन सी, भिटामिन के र भिटामिन बी–८, प्यान्टोथेनिक एसिड, फोलेट, पोटासियम, आइरन, कपर,  म्यागनिज र विभिन्न खालका मिनरल्स र भिटामिन पाइन्छन् । गाजरमा अत्यधिक मात्रामा फाइबर र बिटा–क्यारोटिन पाइन्छ । यसले सूर्यको हानिकारक अल्टाभेयलेट किरणबाट छालाको रक्षा गर्छ र बिग्रिएको छालाको मर्मत पनि गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप