चर्को ब्याजदरविरुद्ध बुटवलका उद्योगी व्यवसायी आन्दोलित
नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी मार्गदर्शन तथा बैंकहरुको चर्को ब्याजदरविरुद्ध रुपन्देहीका उद्योगी व्यवसायीहरु आन्दोलित भएका छन् । यसका सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघले हालै प्रदेश स्तरीय भेला गरेको थियो । उक्त भेलाले पुस २० गतेसम्म आन्दोलनका कार्यक्रम तय गर्दै त्यतिबेलासम्म पनि आफूहरुका माग सम्बोधन नभए २२ गते काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो ।
सोही कार्यक्रम अनुसार बुटवलमा क्रियाशील विभिन्न व्यवसायिक संघसंस्थाहरुले शुक्रबार हस्ताक्षर संकलन गरेका हुन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको संयोजनमा रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संघ बुटवल, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही र नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले संयुक्त रुपमा हस्ताक्षर संकलन गरेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी दिए ।
उनका अनुसार हस्ताक्षर संकलन २१ गतेसम्म जारी रहने छ । संकलित हस्ताक्षर नेपाल उद्योग वाणिज्य महासंघ मार्फत नेपाल राष्ट्र बैंकलाई बुझाइने छ । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी मार्गदर्शन तथा बैंक तथा वित्तिय संस्थाहरुको अव्यबहारिक नीतिका कारण उद्योगी व्यवसायीलाई जटिल अवस्थामा पुगेको उनको भनाई छ ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा जिल्ला नगर उद्योग वाणिज्य संघले हस्ताक्षर संकलन गरिरहेको प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा बताए । त्यस्तै १७ गते आईतबार कालो पट्टि बाधेर विरोध प्रर्दशन गर्ने, जनप्रतिनीधि र बैंकका प्रमुखहरुलाई राखेर व्यवसायिक वातावरण नभएसम्म व्यवसायीलाई आतंकित नबनाउन आग्रह गर्ने, १९ गते जिल्ला प्रशासन कार्यालयमा कालोपट्टिसहित धर्ना दिने र त्यसबेला सम्म पनि आफूहरूका माग सम्बोधन नभए प्रदेश उद्योग वाणिज्य महासंघसँग समन्वय गरेर काठमाडौं केन्द्रित कार्यक्रमको तयारी गर्ने कार्यक्रम तय भएको व्यवसायीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा, नर्वे २–१ ले पराजित
-
अतिरिक्त समयको पहिलो हाफ समाप्त: जुड बेलिङ्घमको गोलसँगै इङ्गल्याण्ड २–१ ले अगाडि
-
बेलिङ्घमले गरे व्यक्तिगत दोस्रो गोल, इङ्गल्याण्डलाई महत्त्वपूर्ण अग्रता
-
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकियो, नर्वे र इङ्गल्याण्डबिचको खेल अतिरिक्त समयमा
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण