राप्रपा प्रदेश १ दलको नेतामा सिटौला
शुक्रबार, १५ पुस २०७९, १६ : ११
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन् । शुक्रबार बसेको दलको बैठकले पार्टीको केन्द्रीय प्रवक्तासमेत रहेका सिटौलालाई सर्वसम्मत चयन गरेको हो ।
राप्रपा प्रदेश १ अध्यक्ष रामकुमार थापासहित प्रदेश सभा सदस्यहरुको उपस्थितिमा धनकुटा अध्यक्ष कुमार थापा, झापा अध्यक्ष केशव ओझा, सुनसरी अध्यक्ष दुर्गा बस्नेत, मोरङ अध्यक्ष माधवप्रसाद आचार्यलगायतको बैठकबाट सिटौलाको नाम दलको नेतामा सर्वसम्मत भएको हो ।
प्रदेश १ मा एमाले, माओवादी, राप्रपा र जसपा मिलेमा सरकार बन्न मत पुग्नेछ । एक मात्र सांसद रहेको जसपाले साथ नदिएमा एमाले वा माओवादीका कोही पनि मुख्यमन्त्री बन्न सक्दैनन् ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण