सेतो मच्छेन्द्रनाथको महास्नान, शनिबार घाममा राखिने
प्रत्येक वर्ष पौष शुक्ल अष्टमीका दिन गरिने सेतो मच्छेन्द्रनाथको महास्नान सम्पन्न गरिएको छ । नियमित राख्ने स्थानबाट बाहिर डबलीमा निकालेर सेतो मच्छेन्द्रनाथलाई महास्नान गराउने परम्परागत विधि छ ।
सेतो मच्छेन्द्रनाथलाई लगाइएको सबै कपडा फुकालेर शोभाभगवतीस्थित निर्मल तीर्थबाट ल्याइएको जलले महास्नान गराइएको मन्दिरका पुजारी एवं काठमाडौँ महानगरपालिका वडा नं २५ का पूर्ववडाध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए ।
महास्नान कार्यक्रममा वसन्तपुरस्थित कुमारी घरबाट जीवित देवी कुमारीलाई पनि मच्छेन्द्रबहालमा ल्याउने विधि छ । वैदिक सनातन हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले सेतो मच्छेन्द्रनाथको पूजा आराधना गर्छन् । हिन्दुले हरिहर र बौद्ध धर्मावलम्बीले आर्यावलोकितेश्वरका रूपमा सेतो मच्छेन्द्रनाथको पूजा आराधना गर्छन् ।
सेतो मच्छेन्द्रनाथलाई महास्नान गरिएको भोलिपल्ट घाम ताप्ने व्यवस्था गरिने विधि पनि रहेको उनले सुनाए । आज महास्नान गरेपछि पौष शुक्ल पूर्णिमासम्म दश कर्म गर्ने विधि छ । पौष शुक्ल पूर्णिमाका दिन सेतो मच्छेन्द्रनाथलाई नयाँ पहिरन लगाइदिने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)
-
प्रवासबाट १६३ प्रतिनिधि सहभागी हुँदैछन् रास्वपाको महाधिवेशनमा (सूचीसहित)
-
कोशी प्रदेशबाट रास्वपा महाधिवेशशनमा ३९३ प्रतिनिधि (सूचीसहित)
-
कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)
-
रास्वपाले मधेस प्रदेशको महाधिवेशन प्रतिनिधि नामावली सार्वजनिक गर्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण