शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बाइडेनलगायत यी नेतालाई पुटिनले दिने छैनन् नयाँ वर्षको शुभकामना

शनिबार, १६ पुस २०७९, ०७ : ४४
शनिबार, १६ पुस २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका इमानुएल म्याक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जलाई अंग्रेजी नयाँ वर्षको शुभकामना नदिने भएका छन् । रुसी प्रशासन क्रेमलिनले उक्त जानकारी दिएको हो । 

विश्व नयाँ वर्षको घण्टी बजाउन तयारी गरिरहेको बेला पुटिनले टर्की, सिरिया, भेनेजुएला र चीनलगायत क्रेमलिन–मैत्री देशका नेताहरूलाई बधाई सन्देश पठाएका छन् । तर, पुटिनले युक्रेनमा पुटिनको आक्रमणलाई लिएर मस्कोमाथि अभूतपूर्व प्रतिबन्ध लगाएका संयुक्त राज्य अमेरिका, फ्रान्स र जर्मनीका नेताहरूलाई नयाँ वर्षको शुभकामना दिने छैनन् ।

 ‘हामीसँग हाल उनीहरूसँग कुनै सम्पर्क छैन’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने । पुटिनले २४ फेब्रुवरीमा युक्रेनमाथि रुसी हमला सुरु गरेका थिए । त्यस यता पश्चिमाहरुसँग उनको दुरी बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप