शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

नयाँ शक्तिका लागि भन्दै भोलि एमाओवादीका दुई दर्जन केन्द्रीय सदस्यले राजीनामा गर्ने

सोमबार, १६ कात्तिक २०७२, २० : ४५
सोमबार, १६ कात्तिक २०७२

काठमाडौं – एकीकृत माओवादीका बाबुराम भट्टराई निकट मानिएका पार्टीका करिव दुई दर्जन केन्द्रीय सदस्यले भोलि एकीकृत माओवादी परित्यागको घोषणा गर्ने भएका छन् । अहिलेको राष्ट्रिय संकट टार्न एकीकृत माओवादीबाट सम्भव नहु“ने भएकाले वैकल्पिक नया“ शक्ति गठनका लागि भन्दै उनीहरुले राजीनामा गर्न लागेका हुन् । एकीकृत माओवादीका बाबुराम निकट मानिएका केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार र सांसदहरुको सोमवार दिनभर भएको गोप्य भेलाले मंगलवार पार्टी परित्यागको घोषणा गर्ने निर्णय गरेको हो । ‘हामीले आफ्नो मतसहित मंगलवार केन्द्रीय कार्यलयमा राजीनामा पत्र बुझाउ“दै छौ“’ भेलामा सहभागी एकीकृत माओवादीका केन्द्रीय सदस्यले रातोपाटीस“ग भने । भेला बाबुरामकै योजनामा सानेपामा भएको थियो । भेलामा करिव ४० जना सहभागी रहेको ति नेताले बताए । नया“ पार्टी घोषणा भने तत्काल नगर्ने भेलाको निर्णय छ । भेलामा सहभागीहरुले राजीनामा पछि तीन–चार महिनाको कसरतपछि नया“ पार्टी बनाउन सकिने सुझाव दिएका थिए । एकीकृत माओवादीमा बसेर नया“ शक्तिको वकालत गर्दा नैतिक संकट परेको निश्कर्ष सहित राजीनामा गर्ने भेलाको निर्णय आएको हो । यस अघि गत २३ गते बाबुराम नजिक मानिएका एकीकृत माओवादीका तीस केन्द्रीय सदस्यले विज्ञप्ती निकालेर केपी ओलीलाई प्रधानमन्त्री बनाउने पार्टी निर्णयको विरोधमा विज्ञप्ती जारी गरेका थिए । ‘देशको समस्या समाधानको ठोस र भरपर्दो आधार विना एमालेको नेतृत्वमा वहुमतिय सरकारलाई समर्थन गर्ने निर्णय गरेको सार्वजनिक भएको छ । कैयौं आफ्ना जायज मागहरु सहित आन्दोलनमा रहेका पक्षहरुलाई वार्तामा ल्याउने वातावरण वनाउन लाग्नुपर्ने, सम्पूर्ण नेपालीहरु मिलेर पुनःनिर्माणमा लाग्नु पर्ने, कैयौं वांकी रहेका शान्ति प्रक्रियाका विषयहरुलाई पुरा गर्नु पर्ने, आसन्न चाडपर्वहरुको पूर्व सन्ध्यामा कैयौं उपभोग्य वस्तुहरुको सहज आपूर्तिका लागि पहल गर्नु पर्ने, स्वाधिनताको भावना सहितका सम्पूर्ण नेपालीहरुलाई आन्तरिक रुपमा गोलवन्द गरेर देशको विद्यमान समस्याको समाधान गर्ने र राष्ट्रिय एकता र सार्वभौमसत्ताको रक्षाको लागि राष्ट्रिय सहमति कायम गरेर जानु पर्ने अवस्थामा यो निर्णयले हामीलाई गंभिर एवं आश्चर्यचकित वनाएको छ ।’ असोज २३ गते ३० नेताले जारी गरेको विज्ञप्तीमा थियो, ‘त्यसैले देशको विद्यमान परिस्थितिको जिम्मेवारपूर्ण रुपमा हल गर्ने पहलकदमी लिनुको साटो निःसर्त एमालेलाई समर्थन गर्ने निर्णयले देश झनै दलदलमा फस्ने खतरा रहेको हुंदा हाम्रो जस्तो शान्ति प्रक्रियाको महत्वपूर्ण हिस्सा रहेको जिम्मेवार पार्टीको यस्तो गलत र गैरजिम्मेवार निर्णयप्रति हाम्रो विमती रहेको जानकारी गराउन चाहन्छौ“ ।’ राजीनामा गर्ने केन्द्रीय सदस्य को को हुनसक्छन् ?

देवेन्द्र पौडेल रामचन्द्र झां नवराज सुवेदी हिसिला यमी गंगा श्रेष्ठ प्रभु शाह महेन्द्र पासवान रामरिझन यादव खिमलाल देवकोटा रामकुमार शर्मा कुमार पौडेल वामदेव श्रेत्री लिलबहादुर थापा देवेन्द्र पराजुली वलावती शर्मा कल्पना धमला देवी खड्का लीला भण्डारी कर्णध्वज के.सी. कृष्ण शर्मा चीनक कुर्मी घनश्याम यादव सुशिला श्रीपाइली उपेन्द्र प्रसाद शाह सोनामसिंह स्याङतान राजेन्द्र किराती ‘प्रवेश’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप