शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब

शुक्रबार, ०५ असार २०८३, ०३ : २५
शुक्रबार, ०५ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'बी' को दोस्रो चरणको खेलमा क्यानडा र कतार आज भिड्दैछन् ।
  • दुवै टोलीले पहिलो खेलमा १-१ गोलको बराबरी खेल्दै १ अंक जोडेका थिए ।
  • नकआउट चरण प्रवेशका लागि दुवै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को दोस्रो चरणको खेलमा आज (शुक्रबार) क्यानडा र कतार आमने–सामने हुँदैछन् । यो खेल नेपाली समय अनुसार शुक्रबार बिहान ३ः४५ बजे सुरु हुनेछ ।

यसअघि भएको पहिलो खेलमा क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग १–१ गोलको बराबरी खेल्दै १ अंक जोडेको थियो । त्यसैगरी, कतारले पनि आफ्नो पहिलो खेलमा स्विट्जरल्याण्डलाई १–१ कै बराबरीमा रोक्दै १ अंक बटुलेको थियो ।

अहिले दुवै टोली समान १–१ अंकका साथ तालिकामा रहेका छन् । यही समूहको अघिल्लो खेलमा स्विट्जरल्याण्डले बोस्नियालाई ४–१ को फराकिलो अन्तरले पराजित गरिसकेको छ । यो नतिजासँगै स्विट्जरल्याण्ड ४ अंकका साथ शीर्ष स्थानमा छ भने बोस्निया २ खेलबाट १ अंकमै सीमित छ ।

आजको खेल क्यानडा र कतार दुवैका लागि नकआउट चरण प्रवेशको दृष्टिकोणले निकै निर्णायक हुनेछ । आज जित निकाल्ने टोलीको २ खेलबाट ४ अंक हुनेछ र अघिल्लो चरण पुग्ने सम्भावना निकै बलियो बन्नेछ ।

यदि आजको खेल बराबरीमा सकिएमा दुवै टोलीको २–२ अंक हुनेछ, जसले समूहको समीकरणलाई अन्तिम खेलसम्म निकै रोचक र चुनौतीपूर्ण बनाउनेछ । स्विट्जरल्याण्ड बलियो स्थितिमा पुगिसकेकाले क्यानडा र कतार दुवै आज स्पष्ट ३ अंकको खोजीमा मैदान उत्रिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप