विपक्षी दलका नेतालाई मृत्युदण्ड दिएकोमा पाकिस्तानद्वारा चिन्ता व्यक्त
सोमबार, ०७ मङ्सिर २०७२, १० : ०८
पाकिस्तान – बङ्गलादेशले विपक्षी दलका नेतालाई मृत्युदण्ड दिने निर्णय बेठिक भएको भन्दै पाकिस्तानद्वारा आइतबार दुःख व्यक्त गरिएको छ ।
बङ्गलादेशले सन् १९७१ मा स्वतन्त्रता सङ्ग्राममा युद्ध अपराध गरेको अभियोगमा यहाँ प्रतिपक्षी बङ्गलादेश जमाते–ए–इस्लामी पार्टीका महासचिव अलि असान मोहम्मद मुजाहिद र बङ्गलादेश नेसनलिस्ट पार्टीका नेता सलाउद्दिन कौदार चौधरीलाई जेलभित्र झुन्डाएर शनिबार मृत्युदण्ड दिइएको हो ।
“हामी बङ्गलादेशका राष्ट्रिय नेताहरु सलाउद्दिन कौदार चौधरी तथा अलि असान मोजाहिदलाई दिइएको मृत्युदण्डप्रति गहिरो चिन्ता एवम् दुःख प्रकट गर्न चाहन्छौँ,” पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको एक वक्तव्यमा भनिएको छ ।
वक्तव्यमा सन् १९७४ अप्रिल ९ मा पाकिस्तान, भारत, बङ्गलादेश सम्झौताको भावना अनुसार बङ्गलादेशमा पुनःर्मिलन हुनुपर्ने बताइएको छ ।
बङ्गलादेशको युद्ध अपराध न्यायालयले चौधरी र मोजाहिदलाई देशविरुद्ध पाकिस्तानी सेनासँग सहकार्य गरी सामूहिक हत्या गरी युद्ध अपराध गरेको जनाउँदै मृत्युदण्ड तोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण