शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

नेता देउवा सीमाङ्कन विवाद जनमत सङ्ग्रहबाट टुङ्ग्याउनुपर्ने पक्षमा

सोमबार, ०७ मङ्सिर २०७२, १४ : ३७
सोमबार, ०७ मङ्सिर २०७२
नेपालगन्ज– नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सीमाङ्कनको विवाद जनमत सङ्ग्रहबाट टुङ्ग्याउनुपर्ने धारणा व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उनले मधेस केन्द्रित दलको सीमानाका बन्द गर्ने आन्दोलन जनविरोधी भएको बताए । “संविधानमा नमिलेका कुरा व्यवस्थापिका–संसद्बाट टुङ्गो लगाउन सकिनेमा जोड दिँदै नेता देउवाले हिंसात्मक आन्दोलनले वार्तामा बस्ने वातावरणलाई सहज बनाउँदैन भने । पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनको भनाइ थियो – “वर्तमान सरकारले कालोबजारीलाई नियन्त्रण गर्न नसकेकाले आपूर्ति व्यवस्था जटिल र कमजोर हुँदै गएको हो ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप