एकै घरका तीन सर्वसाधारणको गोलीहानी हत्या
सोमबार, ०७ मङ्सिर २०७२, १४ : ४६
अफगानिस्तान– अफगानिस्तानको उत्तरी प्रान्त तखारमा आइतबार राति संदिग्ध आतङ्ककारीहरुले गोलीहानी तीनजना सर्वसाधारणको गोली हानी हत्या गरेको छ ।
प्रहरी स्रोतले सोमबार सो जानकारी दिएको छ । प्रारम्भिक समाचार अनुसार आतङ्ककारीको एक समूहले यान्गी काला जिल्लाको कोह्ना इलाकामा रहेको एक घरमा पुगेर त्यहाँ बसोबास गर्ने सर्वसाधारणलाई गोली हानेका थिए ।
बन्दुकधारीले सो आक्रमणमा एकै घरका बाबुआमा र छोराको हत्या गरेका छन् । प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल खलिल असिरले सो जानकारी दिएका छन् ।
यस आक्रमणको उद्देश्य के रहेको हो भन्ने विषय भने अज्ञात नै भएको तर अनुसन्धारत रहेको ज्रहरी स्रोतले जानकारी दिएको छ ।
अफगानिस्तानको राजधानी काबुलबाट २४५ उत्तरमा पर्ने तखार प्रान्तको प्रान्तीय राजधानी तालुकानमा गत दुई महिनायता सुरक्षाबल र आतङ्ककारीबीच झडप जारी रहेको बताइएको छ ।
आइतबार सो हत्यामा तालिवान आतङ्ककारी समूहको हात रहेको स्थानीय बासिन्दाले दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण