शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

टिभी हेरेको निहुँमा ७ वर्षीय बालिकाको हत्या

सोमबार, ०७ मङ्सिर २०७२, १७ : १३
सोमबार, ०७ मङ्सिर २०७२
भैरहवा – आफ्नो घरमा टिभी हेरेको निहुँमा ७ वर्षीया दलित बालिकाको हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  रुपन्देहीको सुर्यपुरा गाविस वडा नं.–५ बस्ने २१ वर्षीय हरि खत्रीलाई हत्या अभियोगमा रुपन्देही प्रहरीले पक्राउ गरि पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । [caption id="attachment_15316" align="aligncenter" width="840"] हत्यारा हरि खत्री[/caption] जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी रामेश्वर कार्कीकाअनुसार उनले आफ्नो घरमा छिमेकी कृष्ण बहादुर दमाईंको ७ वर्षीया छोरी एन्जल दर्जीलाई घाँटी थिची मारेका हुन । एन्जल दैनिक हत्या अभियुक्तको घरमा टिभी हेर्न आउने र सो कुरा मन नपराई उनले बालिकाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा स्वयम् थापाले स्विकार गरेको प्रहरीको दाबी छ । मंसिर २ गते पिकनिकमा थापाले अत्याधिक मदिरा सेवन गरेको र सोही दिन टिभी हेर्न गएकी बालिकालाई अन्दाजी ७ बजे साँझ नजिकै रहेको सिसौ घारीमा जान भनेको प्रहरीसँगको बयानमा हत्या अभियुक्तले बताएको डिएसपी कार्कीले बताए । सिसौघारीमा पुगेकी बालिकालाई घाँटी थिचेर मारेको र नजिकैको पुरानो खाल्डोमा पुरेको उनले प्रहरीलाई बताएका थिए । हराएको बालिकालाई खोजतलास गर्न उनले पनि उत्तिकै सक्रियता देखाएको र प्रहरीले शंकाको आधारमा पक्राउ गरेपछि मात्र उनले ७ गते बिहान २ बजे उक्त शव पुरिएको स्थल प्रहरीलाई देखाएको प्रहरीको भनाई छ । हत्या अभियुक्त थापा ७ कक्षासम्म अध्ययन गरेको र भोला भन्ने व्यक्तिको ट्रयाक्टर चालक रहेका थिए । उनी आमा, श्रीमती, डेढ महिनाका छोरा र २ भाइसित बस्दै आएका थिए । करणी भए नभएकोबारे पोष्टमार्टम नभएकोले अहिले नै केही भन्न नसक्ने प्रहरी प्रवक्ता कार्कीले बताए । अभियुक्तलाई कर्तव्य ज्यान सम्बन्धि मुद्दा दायर गरि थप कारवाही अगाडि बढाइएको कार्कीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप