भारतीय नाकाबन्दीको कोरियामा पनि विरोध, भारतीय दुतावासद्वारा ज्ञापनपत्र लिन अस्विकार
सोमबार, ०७ मङ्सिर २०७२, २३ : ०३
दक्षिण कोरिया–भारतीय सरकारले नेपालमा लगाइरहेको अघोषित नाकाबन्दीको विश्वव्यापी रुपमा नेपालीले विरोधसँगै सम्बन्धित मुलुकका भारतीय कुटनीतिक नियोगमा ज्ञापनपत्र बुझाइृरहेका बेला दक्षिण कोरियामा पनि आज नोभेम्बर २३ तारिखका दिन यहाँ रहेका विभिन्न पेशामा आबद्ध नेपालीको उल्लेख्य सहभागितासहित कोरियाको सउल क्षेत्रअन्र्तगत हान्नाम् भन्ने स्थानमा रहेको भारतीय दुतावासमा नेपालको झण्डासहित र्याली र भारतको नाकाबन्दीको व्यापक विरोधसहित ज्ञापनपत्र बुझाउन गएका नेपालीको ज्ञापनपत्र दुतावासले बुझ्न अस्विकार गरेको छ ।
अब यो ज्ञापनपत्रलाई हुलाकमार्फत भारतीय दुतावासमा पठाईने एनआरएन कोरियाका एनसिसि सदस्य केपी सिटौलाले जानकारी गराएका छन् ।
दक्षिण कोरियामा रहेका लगभग पाँच दर्जनभन्दा बढी नेपाली संघसंस्थाले ऐक्यबद्धता जनाइएको आजको बिरोध र्याली पाँचकिलोमिटर लामो भएको थियो । जसमा कोरियन मिडियासहित केहि विदेशी नागरिकको पनि स्वतस्र्फुत सहभागितासहित भारतीय नाकाबन्दी फुकुवा गर भन्ने प्लेकार्डसहित ब्यानर बोकेको देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण