शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

बेलायती कानुनी इतिहासकै ठूलो चोरी : सरकारी वकिल

सोमबार, ०७ मङ्सिर २०७२, २३ : २६
सोमबार, ०७ मङ्सिर २०७२
बेलायत–लन्डनको ह्याटन गार्डेनको गरगहना पसल रहेको इलाकामा इस्टर्न साताको अन्त्यतिर भएको चोरी बेलायतको कानुनी इतिहासमै सबैभन्दा ठूलो भएको यहाँका सरकारी वकिलले बताएका छन् । करिब १ करोड ४० लाख पाउन्ड (दुई करोड १० लाख अमेरिकी डलर) बराबरको चोरी उक्त घटनामा भएको उनले बताए । चोरले अत्याधुनिक तरिकाले गहना भण्डारण गरिएको पसलका भित्तालाई खोपेर ७३ वटा गहना राख्ने बाकसलाई चोरेको यहाँका वकिलले सोमबार बताएका हुन् । यसै आरोपमा सुरक्षा नियन्त्रणमा लिइएका चार जना चोरका नाइकेले आफ्नो अपराधलाई स्वीकार गर्दै घटनाको जिम्मा लिएको बताइएको छ । चोरी आरोपमा पक्राउ परेका चार जना अन्यको मुद्दाका बारेमा उलविच क्राउन कोर्टमा सुनुवाई भइरहेको छ । गहना पसलमा भएको चोरीको बेलायतभरीका सञ्चारमाध्यमले व्यापक कभरेज गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप