अमेरिकामा चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन हुदै
मङ्गलबार, ०८ मङ्सिर २०७२, ०८ : ०८
अमेरिका-नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको कथामा तयार पारिएको चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भइरहेको छ ।
अमेरिकाको विस्कनसिन विश्वविद्यालयमा प्रदर्शन भएलगत्तै आइतबार अमेरिकाको सिकागो शहरमा भाग्यले बाँचेकाहरुको भव्य प्रदर्शन गरियो । सिकागोमा भएको प्रदर्शनीमा सयौँ नेपालीको सहभागिता रह्यो ।
‘मैले आफूलाई थाम्नै सकिन, वृत्तचित्र साँच्चिकै उत्कृष्ट रहेछ’– वृत्तचित्र हेर्न आइपुगेका नेपाली फूटबल टिमका पूर्वखेलाडी देवनारायण चौधरीले भने । चौधरीको भनाइलाई थप्दै १८ बर्षदेखि सिकागोमा बस्दै आएका केदार भण्डारीले भने– ‘मैले सोचेको थिइन, नेपालमा पनि यति उत्कृष्ट वृत्तचित्र बन्दोरहेछ ।’ वृत्तचित्र हेर्न आइपुगेका सिकागो निवासी बाबुराम सापकोटाले वृत्तचित्रले नेपालको भूकम्पको वितण्डालाई ऐनाझैँ छर्लंग पारेको अनुभव गरेको बताए ।
वृत्तचित्र हेरिरहँदा कतिपय दर्शकका अनुहार निन्याउरो थियो । कतिपय भने सुँइक्क सुँइक्क गर्दै थिए । ‘वृत्तचित्रले मानवीय संवेदनालाई छोएको छ, आफैले भूकम्पको महसुस गरेझैँ भयो ।’– शोका संयोजक समेत रहेका सिकागोल्याण्ड नेपाली मैत्री संघका सल्लाहकार टेकराज पौडेलले भने ।
आयोजक सिकागोल्याण्ड नेपाली मैत्री संघका अध्यक्ष गोपाल कँडेलले ‘भाग्यले बाँचेकाहरु’लाई ऐतिहासिक दस्तावेजको संज्ञा दिए । भावी पुस्ताका लागि यो वृत्तचित्र महत्वपूर्ण दस्तावेज बन्ने उनले बताए ।
विस्कनसिन विश्वविद्यालयमा नेपाल विद्यार्थी एसोशियसनले गरेको कार्यक्रममा वृत्तचित्र हेर्दै अमेरिकी विद्यार्थीहरुले समेत आँशु खसालेका थिए । उनीहरुले नेपालका भूकम्प पीडित विद्यार्थीलाई सहयोग गर्न चाहेको बताए ।
विद्यार्थी एशोसियसनका अध्यक्ष रेशष श्रेष्ठले विश्वविद्यालयले नेपाली वृत्तचित्रलाई समेत मान्यता दिएर प्रदर्शन गर्ने मौका दिएकोमा निकै खुसी लागेको बताए । कार्यक्रमका समन्वयकर्ता सोम खनालले वृत्तचित्र हेर्दा आँखा रसाए पनि आत्मबल हुँदा मृत्युसँग कसरी जुध्न सकिन्छ भन्ने एउटा उदाहण यो वृत्तचित्रले दिएको बताए ।
संचारकर्मी समेत रहेका वृत्तचित्रका निर्देशक गणेश पाण्डेका अनुसार आगामी महिनासम्म अमेरिकाको बिभिन्न शहरमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन हुने तय भएको छ । उनका अनुसार, आगामी शुक्रबारसाँझ नेपाल टेक्सास समाजको आयोजनामा टेक्सासको डाल्लास, नोभेम्बर २९ तारिख नेपाली समाजकै आयोनामा कोलोराडो, डिसेम्बर १ तारिख नेपाल अमेरिका एकता समाजको आयोजनामा लस एन्जलस, डिसेम्बर ५ मा नेपाली महिला समूहको आयोजनामा सन फ्रान्सिसको र डिसेम्बर ७ मा न्यूयोर्कमा प्रदर्शन गर्ने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण