शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

करिब ८ लाखसहित पच्चीस जुवाडे पक्राउ

मङ्गलबार, ०८ मङ्सिर २०७२, ०९ : ४३
मङ्गलबार, ०८ मङ्सिर २०७२
चितवन–जिप्रका चितवनले रु सात लाख ९२ हजार ९२० सहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ । कार्यालयका अनुसार भरतपुर उपमहानगरपालिका– २९ बाट कौडा खेल्दै गरेका १९ जनाबाट रु तीन लाख ४१ हजार १२० र भरतपुर उपहानगरपालिका वडा नं ५ लङ्कुबाट रु चार लाख ५१ हजार ८०० सहित छजनालाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई सोमबार सुराकीका आधारमा विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जुवा ऐन, २०२० अन्तर्गत कारबाहीका लागि अनुसन्धान भइरहेको जिप्रका, चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले बताए । चितवनमा प्रहरीले जुवातासरहित समाज निर्माणका लागि भन्दै अभियानकै रुपमा नियन्त्रणमा जुटेको छ । बुटवलमा पनि जुवाडेहरु पक्राउ बुटवल ईलाका प्रहरी कार्यालयले रुपन्देहीको सैनामैना–४ मुर्गियामा जुवा खेल्दै गरेका १५ जनालाई ८७ हजार २ सय नगदसहित पक्राउ गरेको छ । सो कार्यालयले दिएको जानकारीअनुसार मुर्गियाका सुधिर गुप्ताको घरमा कौडा खेलिरहेका घरधनी गुप्ता, देउराली–४ पाल्पाका विष्णुप्रसाद आचार्य, वाडगंगा –७ का विश्वनाथ थारु, सोही स्थानका वासुदेव ज्ञवाली, जुगु थारु, सैनामैना–४ का देवनारायण थारु, सोही स्थानका वल्लु थारु, मुक्ति भट्टराई, पक्राउ परेका छन् । त्यस्तै उनीहरुसँगै जुवा खेल्ने वुटवल–१३ का विश्वपति नेपाल, सैनामैना–४ का विष्णुप्रसाद भट्टराई, सोही स्थानका आवरणजंग राणा, सोही स्थानका धनबहादुर खड्का, दिपक पाण्डे, बुटवल–१२ का अर्जुन नेपाल र बुटवल–११ का सुदिप नेपाल पक्राउ परेका छन् । उनिहरुलाई जुवा मुद्दा दर्ता गरी अनुसन्धान गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप