धारिलो हतियार, लाठी र पेट्रोलसहित थरुहटका कार्यकर्ताले बस तोडफोड गरे
मङ्गलबार, ०८ मङ्सिर २०७२, १० : ११
भीमदत्तनगर–चितवनदेखि कञ्चनपुरसम्म थारु प्रदेशको माग गर्दै शनिबारदेखि आन्दोलनमा उत्रिएका थरुहट थारुवान संयुक्त संघर्ष समितिका कार्यकर्ताले सोमबार राति एउटा बस तोडफोड गरेका छन् ।
कञ्चनपुर सदरमुकाम भीमदत्तनगरबाट बेलौरीतर्फ जाँदै गरेको पवनदूत यातायातको म १ ख ४१७ यात्रु बोकेको बसमाथि रामपुर जङ्गलमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय ,कञ्चनपुरले जनाएको छ । जिप्रकाका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले भने – “एउटा बसमाथि तोडफोड गरेको छ ।” कञ्चनपुरमा थारुवानको बन्दको प्रभाव न्यून रहेका बेला सोमबार एक्कासि उनीहरु तोडफोडमा उत्रिएका हुन् ।
“तोडफोडका क्रममा बसमा रहेका यात्रुलाई कुनै चोटपटक लागेको छैन ।” प्रवक्ता खनालले भने – “बसका सीसा फुटेका छन् ।” धारिलो हतियार, लाठी र पेट्रोलसहित आएका १०–१५ जनाको थारुवान थरुहटका कार्यकर्ता बसमा तोडफोड गरी फरार भएका छन् । क्षतिग्रस्त बसलाई इलाका प्रहरी कार्यालय, बेलौरीको निगरानीमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण