एनसेल एप क्याम्पअन्र्तगत खेल तथा मनोरञ्जन विधाको सेमिनर सम्पन्न
मङ्गलबार, ०८ मङ्सिर २०७२, १० : २२
काठमाडौं–नेपालको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलको ‘एनसेल एप क्याम्प २०१५’ का लागि छनौट भएका १५० समुहमध्ये खेल तथा मनोरञ्जन विधाका प्रतियोगी समुहहरुका लागि ‘थिमेटिक’ सेमिनरको आयोजना सम्पन्न भएको छ । प्रतियोगी समुहहरुलाई सम्बन्धित क्षेत्रको बारेमा विज्ञहरुबाट थप जानकारी दिने उद्देश्यले यो सेमिनारको आयोजना गरिएको हो ।
सोमवार राजधानीमा आयोजित उक्त सेमिनरमा विधागत विज्ञहरुद्धारा खेल तथा मनोरन्जनको क्षेत्रका अवसर र चुनौती, मोबाईल एपको लोकल तथा अन्र्तर्राष्ट्रिय बजारीकरण र पेमेन्ट गेटवेमा रहेको समस्यालगायतका विषयमा छलफल भएको थियो ।
। साथै विज्ञहरुले प्रतियोगिहरुको प्रश्नको जवाफ पनि दिएका थिए ।
सेमिनरमा किनोटस प्रस्तोता एफवन सफ्ट्का अध्यक्ष विश्वास ढकालले भने, “एप निमार्ण गर्दा ग्राफिक्स र प्राविधिक पक्षमा विश्व बजारसामु प्रतिस्पर्धा गर्न गाह्रो भएपनि आइडियामा प्रतिस्पर्धा गर्न भने सकिन्छ । यसका लागि कसरी धेरैभन्दा धेरैमा पुग्ने र युजर इन्गेजमेन्ट बढाउने भन्ने पक्षमा जोड दिन आवश्यक छ ।”
खेल तथा मनोरञ्जन विधाकोे प्यानल छलफलमा नेपालयका टिम लिडर किरण कृष्ण श्रेष्ठ, क्यु एफ एक्स सिनेमाका संस्थापक निर्देशक भास्कर ढुङ्गाना, गेम्स डेभेलोपरका राजन मर्हजन र सर्वनाम थिएटरका दिपेश पौंडेलले आ–आफ्नो क्षेत्रमा भएका प्रविधिको प्रयोग तथा मोवाईल एपको सम्भावनाबारे प्रतियोगिलाई जानकारी गराएका थिए । योङ्ग इनोभेशनका निर्देशक विभुषण विष्टले विज्ञहरुसँग भएको छलफलको लागि सहजीकरण गरेका थिए ।
“एप बनाउदा विषेशगरी विषयवस्तुमा ध्यानदिनुपर्छ । अहिले नेपालीहरुको उपस्थिति विश्वभरी नै रहेको हुनाले नेपाली भाषा बनाएको एपले पनि राम्रै गर्न सक्छ ।” श्रेष्ठले भने । गेम्स डेभेलोपरका मर्हजनले मार्केटिङ्ग नेपालीहरुको कमजोर पक्ष रहेको बताए ।
गेम्स डेभेलोपरका राजन मर्हजनले भने, ‘हामीले निमार्ण गर्ने एपको मार्केटिङ्ग कमजोर रहने गरेको छ । “मार्केटिङ्गको पाटोमा अन्तर्राष्ट्रिय अनुभव भएकाहरुको सहयोग लिएर ठुलो समुहमा पुग्न सकिन्छ ।” उनले भने ।
खेल तथा मनोरञ्जन विधामा ३७ वटा समुह छानिएका छन् । एनसेलले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत आयोजना गरेको यो एनसेल एप क्याम्प २०१५ संस्करणमा खेल तथा मनोरंञ्जन बाहेक स्वास्थ्य, पर्यटन र युटिलिटीगरी अन्य तिन विधाहरु रहेका छन् । यस पटकको एनसेल एप क्याम्पको पार्टनरको रुपमा नबिल बैंक, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, इ–सेवा र मेटलाइफ रहेका छन् ।
एप क्याम्पअन्र्तगत अन्तिम चरणमा प्रतियोगी समुहहरुले विज्ञहरुबाट बिजनेश मोडेल बनाउन, यूजर इन्टरफेस सुधार गर्न र आफ्नो एपको प्रस्तुति गर्न सिक्नेछन् । फाइनलमा स्वतन्त्र निर्णायक मण्डलका अगाडि प्रत्येक समूहले आफ्नो आईडियाको प्रस्तुति तथा एपको प्रर्दशन गर्नुपर्ने छ ।
फाइनल प्रस्तुतिपछि प्रत्येक विधागत विजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने सर्वोत्वकृष्ट विजेताले थप ५ लाख रुपैयाँको थप नगद पुरस्कारसहित २०१६ मा हुने अन्तर्रा्ष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पाउनेछन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण