मोर्चाका कार्यकर्ताद्वारा ट्रकमा आगजनी
मङ्गलबार, ०८ मङ्सिर २०७२, ११ : ३६
वीरगंज–मधेशी मोर्चाले बन्दको अवज्ञा गरेको भन्दै गएराती वीरगन्जको गण्डक चौक नजिकै एउटा ट्रकमा आगजनी गरेका छन ।
चितवनबाट दाना बोकी आएको ना ४ ख ८७४४ नम्बरको ट्रक गएराती नै फर्किने क्रममा वीरगन्ज उपमहानगरपालिको वडा नं. १७ गण्डक नहर चौक नजिकै रोकी मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेको प्रहरीले जनाएको छ ।
तीन वटा मोटरसाईकलमा गएका ७/८ जनाको समुहले ट्रकको चालक बस्ने केविनमा पेट्रोल छरी आगो लगाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
आन्दोलनकारीले गरेको आगजनीमा परि ट्रक अगाडिको भाग पूर्वरुपमा जलेर नष्ट भएको छ । ट्रकमा आगजनि गर्ने समुहको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण