बाढपीडितको एलडिओ र डेफोलाई प्रश्नः हामीले ढलेको घर कहिले उठाउने ?
मङ्गलबार, ०८ मङ्सिर २०७२, १३ : ०२
दाङ–दाङको तुलसीपुरबाट सेतो र एउटा कालो जिपमा दाताहरु बाढी पीडितहरुका लागि आर्थिक सहयोग लिएर तुलसीपुर नगरपालीका–१८ बबई नदिको ढीकमा विहान करिब ९ बजे पुगे । त्यहाँ जाँदा अधिकाशं बाढी पीडितहरु आइपुगेका थिए भने कतिपयहरु हस्याँङ–फस्याँङ गर्दै दौडिदै आउँदै थिए ।
त्यहाँ पुगेकाहरु दाताहरु कतिखेर आउलान् भनेर आत्तिएर आउने बाटो हेर्दै थिए । दिने र लिने जम्मा भएपछि राहत वितरण सुरु भयो । आयोजकले नाम बोलाए पछि फुलबारी–६ बखरीयाकी ६१ वर्षीया शसेली खत्रीले बाख्रापालनका लागि पन्ध्रहजार रुपैयाँ प्राप्त गरिन् ।
अनि रातोपाटीकर्मीले पैसा पाउँदा कस्तो लाग्यो आमा ? भनेर सोध्दा खुशी लाग्यो बाबु, भन्दै हुनुहुन्थ्यो । तर, मन थाम्न सक्नुभएन् डाँको छोडेर रुनुभयो । कारण बाढीले २ तले घर बगाइदिएपछि डेढ बर्षदेखि बल्लतल्ल ऋणसाहु गरेर बनाएको दुइ कोठे छाप्रोमा बस्दै आएकी उनले अब बाख्रालाई कहाँ राख्नेहोला भन्ने चिन्ता रहेछ । दुइ कोठे छाप्रो, मान्छे उभ्भिए टाउकोमा चोट लाग्ने डर, भएका ढोका–झयालमा पल्ला छैन्, बोराले छेकबार लगाएको छ ।
भएका २/४ वटा वस्तुभाउ रातदिन बाहिरै छन्, पाहुना आए छिमेकीकोमा जानुपर्ने, यस्तै पीडादायी समस्याको चाङ भन्दै आँसु पुच्छदै गर्नुभयो । उहाँसगै रहेका दिदीबहिनीहरुले यस्तो पीडा सबैलाई छ, अरुलाई हेरेर भएपनि चित्त बुझाउनुपर्छ भनेपछि खत्री, केही सम्हालिनुभयो । यस्तै पीडैपीडाका बीच संघर्ष गर्दै आएका दाङको फुलबारी गाविस अन्तर्गत ४ र ६ का बाढीपीडितहरुलाई पन्ध्र हजार रुपैयाँले केहि भएपनि राहात प्रदान गरेको छ ।
जिवीकोपार्जन सुधार कार्यमा सहयोग पु¥याउन शसेली खत्री जस्तै ६६ घरधुरी बाढीपीडितलाई आर्थिक सहयोग गरिएको छ । उनीहरुको इच्छाअनुसार बाख्रापालन, बंगुरपालन, खुद्रापसल, तरकारी खेती, भेटनरी, फ्रेसहाउसलगायतका आयआर्जनमुखी व्यवसाय गर्नका लागि आर्थिक सहयोग गरिएको वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाले जानकारी दिए ।
यूएसए आइडिको सहयोग र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङ तथा केन्द्र र केयर नेपालको साझेदारीमा संचालित हरियोवन कार्यक्रम अन्र्तगत प्रतिव्यक्ति पन्ध्रहजार रुपैयाँका दरले ९ लाख ९० हजार प्रदान गरिएको हो ।
हामीले ढलेको घर कहिले उठाउने ?
राहात वितरण कार्यक्रममा पुगेका दाङका स्थानीय विकास अधिकारी रमेश गौतम र जिल्ला वन अधिकृत नवराज काफ्लेलाई बाढीपीडीतहरुले ढुङगा, गिट्टी, बालुवा र काठ नपाएको भन्दै गुनासो गरेका थिए ।
घरको आगनमा ढुङगा, गिट्टी, बालुवा छ , घरपछाडी जंगल छ तर चुरे संरक्षणका नाममा निकासी गर्न पाईदैन् । हामीले ढलेको घर कहिले उठाउने ? बाढीपीडित संघका सचिव देबीराम कुसारीले प्रश्न गरे । कारबाही गरे गर्नुस मैले त चोरेर भएपनि आगनमा गिट्टी बालुवा थुपारेको छु अरुले ल्याउन सकेका छैनन् । हाम्रो पीडा कसले बुझिदिने कुसारीले भने ।
सो अवसरमा स्थानीय विकास अधिकारी रमेश गौतमले चुरेसंरक्षणका नाममा जनताले राहतभन्दा पनि आहात पाएको बताए । ढुङ्गाजन्य वस्तु निकासी नुहुँदा सम्पूर्ण विकास निर्माणका काम अवरुद्ध हुनुका साथै सयौं बाढीपीडितले बस्ने बास समेत निर्माण गर्न नसकेकोप्रति चिन्ता व्यक्त गदै खुलाउनतर्फ आफुले पहल गरिरहेको बताए ।
त्यस्तै जिल्ला वन अधिकृत नबराज काफ्लेले यस बर्ष १५ हजार क्यविक काठ संकलन गर्ने लक्ष्य लिएको भन्दै प्रकृया पु¥याएर आएमा बाढीपीडितलाई पहिलो प्राथमिकता दिने बताए ।
दाङमा जिल्ला दैविप्रकोप उद्धार समितिको तथ्याङअनुसार २०७१ साउन २९ र ३० गते बबई नदिमा आएको बाढीले उरहरीको मोतीपुर, फुलबारी, गोल्टाकुरी, पुरन्धरा, मानपुर, लगायतका स्थानमा गरि ५ सय ४० घरमा पूर्ण रुपमा क्षति पु¥याएको थियो । अहिले पनि संयौको संख्यामा बाढीपीडितहरु त्रिपालमुनिको बास बस्न बाध्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण