साउदीमा सत्तरी हजार नेपाली एमआरपीबिहीन
मङ्गलबार, ०८ मङ्सिर २०७२, १४ : ५८
साउदी अरब– साउदी अरबमा ठूलो सङ्ख्यामा रहेका नेपालीसँग मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नभएको पाइएको छ ।
ती नेपालीले अझै पनि हस्तलिखित राहदानी प्रयोग गरेका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को प्रावधानअनुसार सोमबारदेखि विश्वभर हस्तलिखित राहदानी मान्य नहुने भएपछि साउदी अरबमा ठूलो सङ्ख्यामा रहेका ती नेपाली समस्यामा पर्ने भएका छन् ।
[caption id="attachment_15468" align="alignleft" width="840"] साउदी अरबको साउदीस्थित नेपाली दूतावासमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लिनका लागि लाइनमा बसेका नेपाली ।[/caption]
झन्डै पाँच लाखको हारहारीमा नेपाली रहेको साउदी अरबमा ६० देखि ७० हजार नेपालीसँग यन्त्रले पढ्ने राहदानी नभएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।
हस्तलिखित राहदानी भएकाहरुमा प्रवेशाज्ञा दिने, म्याद थप गर्ने तथा सो राहदानीबाट यात्रा गर्ने लगायत समस्या पर्ने भएको हो । एमआरपी बनाउनका लागि दूतावासले पटक पटक सूचना जारी गरेको भए पनि यहाँ रहेका नेपालीले त्यसतर्फ चासो नदिँदा ठूलो सङ्ख्यामा एमआरपी बनाउन बाँकी देखिएको कावा नेपाली राजदूत आनन्दप्रसाद शर्माले बताए ।
अहिले पनि एमआरपीका लागि दूतावासमा दैनिक सयदेखि डेढ सय र दमाम क्षेत्रमा हरेक साता पाँच सय जनासम्मको आवेदन आउने गरेको छ । एमआरपी बनाउन सम्भव नभएका र आकस्मिक समस्याका कारण स्वदेश जानुपर्ने भएकाहरुका लागि यात्रा अनुमतिपत्र जारी गर्ने व्यवस्था मिलाइने शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण