शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

मलेसियामा नेपालीको हात काटियो

मङ्गलबार, ०८ मङ्सिर २०७२, १५ : ०६
मङ्गलबार, ०८ मङ्सिर २०७२
जोहबारु– काम गर्ने क्रममा मेसिनमा हात काटिएर मलेसियामा एक जना नेपाली कामदार घाइते भएका छन् । मलेसिया जोहबारुस्थित एटिपिएम कम्पनीमा काम गर्ने क्रममा हात काटिएको हो । १५ महिना अघि मास ह्युमनेसस मेनपावरबाट मलेसिया आएका श्याम बिकले आफू घाइते हुँदा पनि कम्पनीले उपचार खर्चसमेत नदिएको गुनासो गरेका छन् । बिकलाई अहिले स्थानीय अस्पतालमा उपचारपछि कोठामा ल्याइएको उनका साथी रामप्रसाद सुवेदीले जानकारी दिएका छन् । आर्थिक स्थिति कमजोर भएर मलेसिया आएका उनले सहयोगका लागि सबैसँग अपिल पनि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप