शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

मलेसियामा एक नेपालीको मृत्यु

मङ्गलबार, ०८ मङ्सिर २०७२, १५ : १६
मङ्गलबार, ०८ मङ्सिर २०७२
पेनाङ– मलेसियाको पेनाङस्थित सुङगाई बाकाप भन्ने ठाउँमा पौडी खेल्ने क्रममा डुबेर एकजना नेपाली युवकको ज्यान गएको छ । भोजपुर देवानटार–९ बयाङका २४ वर्षीय कर्ण भुजेलको ज्यान गएको मलेसियामा रहेका उनका आफन्त दिपक भुजेलले जानकारी दिए । ६ वर्षअघि मलेसिया आएका भुजेल ३ वर्ष अघिदेखि अवैधानिक कामदारको रुपमा काम गर्दै आएका थिए । भुजेलले पछिल्लो समय सुङगाई बाकापमा अवस्थित एक कम्पनीमा कुखुरा काट्ने काम गर्दै आएका थिए । भुजेलको शव पोष्टमार्टमको लागि अहिले सुङगाई बाकाप अस्पतालमा राखिएको छ । मृतक भुजेलको परिवारमा आमा र एक भाई मात्र छन् । बाबुको मृत्यु ६ महिनाअघि भएको थियो भने कर्ण मलेसिया आएको २ वर्षपछि श्रीमतीले अर्को बिहे गरेको पारिवारिक स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप