प्रहरी इस्कर्टिङ भित्रै कालोधन्दा : सुनसरीबाट एक जना रंगेहात पक्राउ
बुधबार, ०९ मङ्सिर २०७२, १० : १८
इटहरी – भारतीय नाकाबन्दी र मधेश आन्दोलनका कारण मुलुक अस्तव्यस्त बनिरहेको अवस्थामा सीमा नाकाहरुबाट अवैध रुपमा सामान ओसारपोसार गर्ने गिरोह सक्रिय रहेको पाइएको छ ।
बन्द रहेको नाकाबाट अवैध रुपमा सामान भित्र्याउने र रातको समयमा प्रहरी सुरक्षाभित्रै स्कर्टिङको समयमा सामान ओसारपोसार गर्ने एक व्यक्तिलाई सुनसरीको लौकहीबाट प्रहरीले रंगेहात पक्राउ गरेपछि यस्तो पाइएको हो ।
प्रहरी सुरक्षाभित्र स्कर्टिङ गरी इटहरीबाट गन्तव्यतर्फ लैजाने क्रममा एउटा सवारी साधनबाट अर्को सवारी साधनमा सामान ओसार्दै गरेको फेला पारेपछि इलाका प्रहरी कार्यालय इटहरीले सुनसरी लौकहीका ३० वर्षीय उदयानन्द यादवलाई पक्राउ गरेको छ ।
पक्राउ परेको यादवको साथबाट करीब ८ लाख मुल्य बराबरको किचनका सामग्री र लत्ताकपडाहरुका साथै यादवले प्रयोग गरेको मे १ ज १५२८ नम्बरको पिकअप भ्यानसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
बरामद सामग्री र सवारीलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पूर्वाञ्चल इकाई कार्र्यालय इटहरीमा लागिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरिक्षक ओमप्रसाद अधिकारीले जानकारी दिएका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण