शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

पेट्रोल पम्पको सिलभित्र चिप्स फिट गरेको अभियोगमा पक्राउ

बुधबार, ०९ मङ्सिर २०७२, १३ : १५
बुधबार, ०९ मङ्सिर २०७२
भक्तपुर– पेट्रोल पम्पको सिलभित्र चिप्स मेशिन फिट गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका–१५ गठ्ठाघरस्थित प्रविण पेट्रोल पम्मका म्यानेजर मकवानपुर आग्राहा–३ घर भएका ४१ वर्षीय भिमसेन केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले मंगलबार पम्प चेकजाँच गर्ने क्रममा पम्पको सिलभित्र चिप्स मेशिन फिट गरेको अवस्थामा फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप